मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

१० वर्षकी बालिकाले स्कुलमा बच्चा जन्माइन्

१० वर्षकी बालिकाले स्कुलमा बच्चा जन्माइन्


एक १० वर्षकी बालिकाले स्कुलमै बच्चा जन्माएपछि त्यसले सनसनी मच्चाएको छ । ब्राजिलको बेलो होरिजोनेट क्षेत्रस्थित एक विद्यालयमा अध्ययनरत १० वर्षकी छात्राले बच्चा जन्माएकी हुन् ।
 
कक्षा चलिरहेको बेलामै पेट दुख्यो भनेर चिच्याउन थालेकी ती बालिकालाई सुरुमा त शिक्षकले आउँ वा झाडापखाला तथा अपचका कारण पेट दुख्यो होला भन्ने ठाने । तर जब उनको पेट निकै नै दुख्न थाल्यो ।
शिक्षक शिक्षिकाहरुले पनि उनलाई राम्रोसँग हेर्दा उनलाई बच्चा जन्माउने व्यथा लागेको थाहा भयो । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो ।
 
अस्पतालमा ती बालिकाले सुरक्षित रुपमै बच्चा जन्माइन् । उनले गर्भ रहेको ७ महिनामै बच्चा जन्माएको बताइएको छ । मंगलबार बच्चा जन्मिएको र अहिले आमा र बच्चा दुबैजना अस्पतालमै रहेको बताइएको छ ।
 
अधिकारीहरुका अनुसार ती बालिकालाई उनको सौतेलो बाबुले बलात्कार गरी गर्भवती बनाएको आशंका गरिएको छ । ४० वर्षको सौतेलो बाबुले अवैध रुपमा हतियार समेत राखेको र छोरीलाई धम्क्याएर बलात्कार गर्ने गरेको बताइएको छ ।
 
ती बालिकाले आफुलाई सौतेलो बाबुले धम्क्याएर बलात्कार गर्ने गरेको र त्यो कुरा भनेमा आमा र दाइलाई मारिदिने धम्की दिने गरेको प्रहरीलाई बताएकी छिन् ।
 
ती बालिकाकी आमाले भने आफुलाई छोरीको गर्भका विषयमा कुनैपनि जानकारी नरहेको र छोरीको पेट बढेको समेत नदेखेको बताएकी छिन् ।