मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपथ्यले बेलायतमा फेरि गाउने

नेपथ्यले बेलायतमा फेरि गाउने


नेपथ्यले आगामी अगस्ट ८ तारिखमा दिन बेलायतमा दोश्रो प्रदर्शनको तयारी सुरु गरेको छ । यसपटकको प्रस्तुतीका निम्ति ओ टु एकेडेमी बि्रक्सटनको चयन गरिएको छ ।
 
‘हामीले उत्तिकै अनुकूल अर्को स्थल खोजिरहँदा नेपथ्यलाई सुहाउँदो आकार र प्रतिष्ठाको यो अर्को परिपूर्ण हल फेलापारेका हौं,’ ब्याण्डलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने ‘अब नेपथ्यको नाम अब त्यस हलका अघिल्ला प्रस्तोताहरु बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुको लहरमा जोडिनेछ ।’
 
श्रेष्ठका अनुसार त्यो हलसँग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता थुप्रै अरु नामहरु पनि जोडिएका छन् ।