मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘बाहुबली’ र ‘बजंरगी भाइजान’ बीच के सम्बन्ध छ?

‘बाहुबली’ र ‘बजंरगी भाइजान’ बीच के सम्बन्ध छ?


अहिले भारतीय वक्स अफिसमा एक हप्ताको अन्तरमा रिलिज भएका दुई फिल्म 'बाहुबली र 'बजंरगी भाइजान'ले किर्तिमानी व्यापार गरिरहेका छन्।
 दुबै फिल्मले सफलताको झण्डा फहराइरहेको बारेमा सबै जानकार रहेपनि यी दुई फिल्मबिच एउटा साझा कडी रहेको तथ्य भने धेरैलाई थाहा नहुन् पनि सक्छ। दुबै फिल्मका साझा कडी हुन्  फिल्मका लेखक। दुबै फिल्मलाई एउटै लेखक विजयन्द्र प्रसादले लेखेका हुन् ।
 
उनी 'बाहुबली' फिल्म निर्देशक एस एस राजामौलीका पिता हुन्। कबिर खानले फिल्मलाई निर्देशन गर्नु अघि फिल्मको स्क्रिप्ट अरु नामी बलिउड फिल्म निर्माता निर्देशककोमा पुगेको थियो। 
 
फिल्म ऋतिक रोशनका पिता राकेश रोशनकोमा पनि पुगेको थियो तर प्रसादले फिल्मको सह-निर्माता बन्ने शर्त राखेपछि रोशनले फिल्म छोडेका थिए। अन्तत: कबिरले फिल्मलाई हरियो झण्डा देखाए।
 
विजयन्द्र दक्षिणका राम्रा फिल्म लेखकमा गनिन्छन्। उनी निर्देशक पनि हुन्। उनले लेखेका कयौं फिल्म वक्सअफिसमा बल्कबस्टर भएका छन्। 'राउडी राथोड, 'मागाधिरा', 'राजना' जस्ता फिल्म उनैले लेखेका हुन्। 'बाहुबली'ले विश्वव्यापी रुपमा हालसम्म ३०० करोड भारू कमाइसकेको छ भने 'बजंरगी भाइजान'ले पनि १०० करोड भारूको आँकडा पार गरिसकेको छ। -एजेन्सी