मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इद पर्वमा भएका दुर्घटनामा ७४ को मृत्यु

इद पर्वमा भएका दुर्घटनामा ७४ को मृत्यु


आङ्कारा, ४ साउन – इद उल फित्रको अवसरमा परेको चार दिने बिदाको बेलामा भएका दुर्घटानमा परी टर्कीमा कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको छ ।
 
ती छुट्टाछुट्टै दुर्घटनाहरुमा अन्य ३७५ जना घाइते भएका निजी समाचार समिति डोगानले आइतबार जानकारी दिएको छ ।
 
इद उल फित्र बिदाको उक्त अवसरमा आएजेआन र दक्षिण रिसोर्ट प्रान्तहरुमातर्फ गएका करिब सात लाख व्यक्ति सडक यात्रामा रहेका जनाइएको छ ।
 
गत बुधबार टर्कीभरि भएका १७ वटा दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकसय ४५ जना घाइते भएका थिए ।
 
त्यसैगरी इद उल फित्रको पूर्व सन्ध्या बिहीबार टर्कीभरी भएका २१ वटा दुर्घटनामा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७६ जना घाइते भएका थिए ।
 
त्यसैगरी गत शुक्रबार भएका १८ वटा सडक दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका थिए ।
 
यसैबीच एक हप्ताभर भएका अन्य २३ वटा दुर्घटनामा १९ व्यक्तिको मृत्यु हुनुको साथै ९९ जना घाइते भएका थिए ।
 
टर्कीमा धार्मिक पर्वमा हुने विदाको अवसरमा हुने सडक दुर्घटना उच्च रहेको छ । सन् २०१४ मा भएको इद् अल अदाको अवसरमा भएका देशभरका सडक दुर्घटनामा टर्कीमा ६८ व्यक्तिको मृत्यु हुनुको साथै ३६७ व्यक्ति घाइते भएका थिए । रासस/सिन्ह्वा