मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मस्यौदाबारे जनता-सभासद प्रत्यक्ष छलफल

मस्यौदाबारे जनता-सभासद प्रत्यक्ष छलफल


संविधानसभाका सदस्यहरुले आज २४० वटै निर्वाचन क्षेत्रमा प्रारम्भिक मस्यौदाबारे सुझाव लिन जनतासँग प्रत्यक्ष सामूहिक छलफल गर्दैछन्।
त्यसकानिम्ति सबै सभासद सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको संविधानसभा सचिवालयले जनाएको छ।
आज र भोलि गरिने त्यस्तो प्रत्यक्ष छलफलमा जनतालाई सहभागि हुन सजिलो होस भनेर सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ। संविधानको प्रारम्भिक मस्यौदामा जनताले लिखित, मौखिक र सामुहिक रुपमा सुझाव दिन सक्ने व्यवस्था पनि गरिएको छ।
तर आफ्ना सभासदहरुको टोलीलाई प्रत्यक्ष सुझाव दिन आज र भोलि दुई दिन छुट्ट्याइएको हो। त्यसका लागि सबै निर्वाचन क्षेत्रमा सार्वजनिक भेला मार्फत राय संकलन गर्न गरिनेछ। तोकिएको जिल्ला पुगिसकेका सभासदहरुले यसअघि नै त्यहाँ पुर्याइसकिएको मस्यौदाबारे सर्वसाधारणको विचार संकलन गर्नेछन्। संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्मा भन्छन्, “जनताले सभासदहरुसंग प्रत्यक्ष रुपमा भेटेर आफ्ना राय-सुझाव लिखित वा मौखिक रुपमा दिने ब्यवस्था मिलाइएको छ।” लामो गृहकार्यपछि निकै छोटो समयका लागि जनता समक्ष प्रत्यक्ष पेश गर्न लागिएको प्रारम्भिक मस्यौदाका प्रतिहरु कैयौं स्थानमा पुग्नै नसकेको गुनासो आएका बेला सभासदहरुको उपस्थितिले त्यो गुनासो मेटिने संविधानसभा सचिवालयको विश्वास छ।
तर सीमित समयका कारण सभासदहरु सार्वजनिक कार्यक्रम बाहेक राय संकलनका अन्य कार्यक्रममा सहभागि हुन नसक्ने पनि सचिव शर्माको भनाई छ।
उनी भन्छन्, “निर्धारित समय-सीमाभित्र संविधानको प्रारम्भिक मस्यौदाको राय संकलन गरिसक्नु पर्ने बाध्यता भएकोले सभासदहरु निश्चितस्थान भन्दा बाहिर गएर राय लिन सक्ने अवस्था छैन।”
दुई दिन लगाएर संकलन गरिएका राय-सुझावलाई समेटेर एकीकृत सुझाव प्रतिवेदन तयार गर्ने संविधानसभाको योजना छ। साभार – बीबीसी