मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुझाव जस्ताको तस्तै कार्यान्वयन हुन्छ – नेता खनाल

सुझाव जस्ताको तस्तै कार्यान्वयन हुन्छ – नेता खनाल


इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सङ्कलित सुझाव जस्ताको तस्तै संविधानसभामा पु¥याइने प्रतिबद्धता जनाउनुभएको छ । 
 
नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा जनताका राय सुझाव सङ्कलनका लागि इलाम क्षेत्र नं १ को सूर्याेदय नगरपालिकाको लेप्चा सङ्ग्रहालयमा आज आयोजित सुझाव सङ्कलन कार्यक्रममा उहाँले सङ्कलित सुझावलाई जस्ताको तस्तै सभामा पु¥याइने प्रतिबद्धता जनाउनुभयो । 
 
अधिकांश नागरिकले संविधानमा थ्रेसहोल्डको व्यवस्था, सार्वजनिक पदमा बस्नेको शैक्षिक योग्यता, उमेरको हदजस्ता महत्वपूर्ण सुझाव दिएका छन् । 
 
नेपालमा संविधान बन्न नदिनेमा धेरै षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले नेपाली जनता सार्वभौमसत्ता भएकाले संविधान जारी गरेरै छाड्ने बताउनुभयो । संविधान बनाउने प्रक्रियालाई कसैको आदेशले रोक्न नसक्ने बताउँदै उहाँले जसरी पनि संविधान जारी गरेरै छाड्ने दाबी गर्नुभयो । 
 
संविधान बनाउने कुरामा काँग्रेस, एमाले र एनेकपा माओवादीबीच भएको चट्टानजस्तो सहमतिले संविधान जारी गरेरै छाड्ने उहाँको भनाइ छ । नेता खनालले भन्नुभयो, “इतिहासले हामी सबैलाई मिलेर अघि बढ्न आग्रह गरेको छ ।” 
 
कार्यक्रममा सभासद् सूर्यवाला राईले सुझावलाई जस्ताको तस्तै कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । 
 
इलाम क्षेत्र नं १ मा भएको सुझाव सङ्कलन कार्यक्रममा ४० वटा मौखिक र १०० भन्दा बढी लिखित सुझाव प्राप्त भएको छ । रासस