मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनकपुरमा मस्यौदा विरोधी र प्रहरीबीच झडप

जनकपुरमा मस्यौदा विरोधी र प्रहरीबीच झडप


जनकपुरधाम । संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्ने र प्रहरीबीच भएको झडपका कारण तनाब उत्पन्न भई जनकपुरमा राय सङ्कलन कार्य प्रभावित भएको छ । 
 
राय तथा सुझाव सङ्कलन केन्द्र जनकपुर उद्योग वाणिज्य सङ्घनजिक मस्यौदा विरोधी र प्रहरीबीच झडप भएको हो । 
 
झडपमा परी माओवादी नेता रोशन जनकपुरी, महिला नेत्री रेणु झा, मधेसवादी दलका नेता शेषनारायण यादवलगायत १५ जना घाइते भएका छन् । घाइतेहरूको उपचार स्थानीय विभिन्न अस्पतालमा भइरहेको छ । 
 
राय सङ्कलन केन्द्रमा नेपाली काँग्रेसका सभासद्हरू लीला कोइराला, मिनाक्षी झा र प्रमिला दासको मात्र उपस्थिति रहेको छ । 
 
मधेस अधिकार सङ्घर्ष समितिद्वारा आह्वान गरिएको दुईदिने जनकपुर बन्दका कारण जनकपुरका सम्पूर्ण उद्योग, व्यवसाय प्रभावित भए पनि मस्यौदा विरोधी र प्रहरीबीच भएको ढुङ्गामुढाका कारण जनकपुर युद्ध स्थल बनेको छ । 
 
त्यस्तै, धनुषाको धनुषाधाम, ठेराकचुरी र औरहीमा पनि झडप भएका कारण राय सङ्कलन कार्य प्रभावित भएको छ । रासस