मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बाल्टिमोरले नेपालको संविधान निर्माण मस्यौदाको लागि सुझाव सङ्कलन गर्‍यो

बाल्टिमोरले नेपालको संविधान निर्माण मस्यौदाको लागि सुझाव सङ्कलन गर्‍यो


वाशिंगटन डिसी / एनआरएन एनसीसी अमेरिकाको शाखा एन आर एन बाल्टिमोरले एक कार्यक्रमको आयोजना गरी नेपालको संविधान निर्माण मस्यौदाको लागि सुझाव ,सल्लाह ,पृष्ठ पोषण संकलित गरेको छ l नेपालको संविधान निर्माण मस्यौदा लगभग अन्तिम अवस्थामा पुगेकोले सबै सँग सुझाव सङ्कलन गर्ने भनी नेपाल सरकारले गरेको आब्हान अनुसार उक्त सुझाव सङ्कलन गर्न प्रतिक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो l
 
नेपालको संविधान निर्माण मस्यौदा समितिले संविधान विधेयकको मस्यैदामा आउदो जुलाई २०,२०१५ सम्ममा आ-आफ्नो क्षेत्र वा तर्फबाट रायसुझाव पेस गर्न सार्वजनिक रूपमा आव्हान गरेकोले बाल्टिमोर क्षेत्रमा नेपाली समुदायको घना बस्ती भएकोले यो कार्यक्रमको आयोजना गरिएको बाल्टिमोरका समाज सेवी विनोद उप्रेतीले बताए l कार्यक्रमको मुख्य उदेस्य विदेशमा बस्ने नेपालीले पनि आ-आफ्नो क्षेत्र बाट निर्माणाधीन संविधानमा सम्पूर्ण तथा विशेष गरी विदेशमा बस्ने नेपालीको हितको लागी समावेश हुनुपर्ने कुराहरू नछुटोस् भन्नको ख़ातिर निर्माणाधिन पवित्र संविधान बनाउन एकजुट भएर लाग्नु परेको जानकारी मेरिल्याण्ड एन आर एन शाखाका अध्यक्ष जेदु पोखरेलले दिए l
 
उक्त अन्तरक्रियात्मक कार्यक्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने लब्ध प्रतिष्ठित व्यक्तित्व बुद्धिजीवी ,कानुनविद, चिकित्सक, प्राध्यापक, अभियन्ता तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थितिमा उक्त निर्माणाधीन संविधानको मस्यौदामा रायसुझाव तथा विशेष अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
 
उक्त अन्तरक्रियात्मक कार्यक्रम बीबीसी नेपाली साझा सवालका पूर्व कार्यक्रम प्रस्तोता पत्रकार नारायण श्रेष्ठले सञ्चालन गरेका थिए भने कार्यक्रमको सभापतित्व म्यारिल्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेलले गरेका थिए l डा सुकदेव शाहले तथाकथित संविधान भन्दै ८ वर्ष संविधान नलेख्नु नेतृत्व माथि प्रश्न उठाएका थिए भने शाहले १ सय संसद भए पुग्ने सिफारिस गरेका थिए l
 
मन्तव्य दिने क्रममा प्रेम राजा महतले बिद्धवत वर्गको सुन्न आएको मात्र हो भनेका थिए भने डा चित्र कृष्ण तिवारीले सल्लाह र सुझाव लिनुको अर्थ कुनै तुक छैन भन्दै हाम्रा सल्लाह र सुझाव रद्दीको टोकरीमा जाने बताए l मन्तव्य दिने क्रममा हरि शर्माले ३ सय मात्र संसद भए पुग्ने भन्ने सिफारिस गरेका थिए l नासोका गोपाल विश्वकर्माले नासोको सुझाव दूतावास मार्फत पठाई सकेको जानकारी दिदै छुवाछुत बारेमा आफना कुराहरू राखेका थिए l सुझाव र सल्लाह दिने क्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष रबिना थापाले ग्रामीण क्षेत्रका महिलालाई शिक्षित बनाउनु पर्ने सुझाव राखेकी थिइन् भने डा चिन्तामणि लामिछानेले देश विकासको लागि स्वतन्त्रता चाहिन्छ भन्ने आफ्ना कुरा राखेका थिए l
 
उक्त कार्यक्रममा महाबाणिज्यदुत प्रेमराजा महत ,डा. सुकदेव शाह ,डा. चित्र कृष्ण तिवारी,डा.चिन्तामणि लामीछाने ,,डा. रमेश पन्त ,डा. मदन उप्रेती, हरि शर्मा (लाउडन काउन्टी ,डलस जिल्लाका सभापति )डा रामहरी सुबेदी (डिसी नेपाल डटकमका संस्थापक), प्रेम श्रेष्ठ राजनीतिज्ञ, माधवी कार्की, महिला अधिकारकर्मी तथा समाज सेवी, डा विष्णु घिमिरे, कानुनविदको साथै अन्य थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो l
 
राय सुझाव दिने क्रममा केही वक्ताहरुले राष्ट्रपतिय हुनु पर्ने कुरामा जोड दिएका थिए भने डा रमेश पन्तले निमुखाहरुका लागि संविधान लेखिनु पर्ने तथा बौद्धिक सम्पत्ति बारेमा छलफल हुनु पर्ने कुरा राखेका थिए l डा विष्णु घिमिरेले सङ्घीयको पक्षमा उभिएको बताएका थिए डिसी नेपालका सञ्चालक डा राम हरि सुबेदीले साइबर सुरक्षा अपरिहार्य भएकोले कुनै हालतमा संविधानमा समावेश गर्नु पर्ने कुराको जोडदार माग गर्दै सुझाव राखेका थिए l
 
यसै गरी डा मदन उप्रेतीले नेताहरूलाई निरंकुशता लगाउनु पर्ने कुरा प्रस्ट राखेका थिए l अधिवक्ता बन्दिता शर्मा दाहालले एक पटक को नेपाली सधैको नेपाली मस्यौदामा राखी सकेको कुरा उठाएकी थिइन् भने माधव कार्कीले जनजाति ,मधेस र महिला प्रति किन विभेद भन्दै अहिले बन्ने संविधान मस्यौदामा छुटाएको सुधार गर्नु पर्ने हुन्छ भन्ने प्रस्ट कुरा राखेकी थिइन l कार्कीले आमा र बुवा होइन कि आमा वा बुवा हुनु पर्ने कुरामा जोडदार मांग गरिन l
 
प्रेम श्रेष्ठले दलको तर्फबाट कुरा राख्दै यो सबै नाटक हो भनी विचार राखेका थिए l यसै गरी उपस्थित सहभागीले सुझाव र सल्लाह दिएका थिए l एनआरएन अमेरिकाका सञ्चालक समितिका सदस्य शिव पौडेलले राजनैतिक अधिकार पनि पाउनु पर्ने कुरामा जोड दिएका थिए l