मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुम्किबासमा सवारी दुर्घटना : नौ जनाको मृत्यु , आठ गम्भीर घाइते

दुम्किबासमा सवारी दुर्घटना : नौ जनाको मृत्यु , आठ गम्भीर घाइते


नवलपरासी । नवलपरासीको दुम्किबास–५ दाउन्नेस्थित विश्वकर्मा बाबाको मन्दिरनजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् ।
 
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा थप एकजनाको मृत्यु भएको हो ।
 
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक रमेशकुमार पन्थीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ३२ डिएन ०८५४ नम्बरको भारतीय नम्बर प्लेटको ट्यांकरले नारायणगढबाट दाङका लागि छुटेको ना४ख ५१४३ नम्बरको बसलाई ठक्कर दिँदा घटनास्थलमै ६ जना र उपचारको क्रममा ३ जना गरी ९ जनाको ज्यान गएको छ ।
 
मृत्यु हुनेमध्ये ५ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा नवलपरासीको कावासोती नगरपालिका– ८, थकालीचोक निवासी २३ वर्षीया सुमित्रा लामा, उनकी ७ महिनाकी छोरी अंशु लामा, बर्दघाट ६ निवासी ५० वर्षीया माइली लामा, दाङ बिजौली–२ निवासी ३२ वर्षीय जीवन खड्का र दाङकै त्रिभुवन नगरपालिका–२ निवासी ४५ वर्षीय गोविन्द बस्नेतको सनाखत भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सोमबहादुर थापाले जानकारी दिए । अझै चारजनाको सनाखत हुन बाँकी रहेको उनले बताए । 
 
आठजना गम्भीर घाइते 
आठ घाइतेमध्ये २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भने ६ जनाको दुम्किबासको पर्वत मेडिकलमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा दाङका २८ वर्षीया नरेश नेपाली, गोर्खाका २७ वर्षीय विवेक अधिकारी, नवलपरासीको कावासोती–३ निवासी २४ वर्षीया सुस्मिता ढकाल, भरतपुर उपमहानगरपालिका–२ निवासी ४५ वर्षीय एकबहादुर खड्का, रुपन्देहीका ३० वर्षीय गोपाल चौधरी, दाङका १९ वर्षीय सुवास सिंह नेपाली र ट्रक चालक भारतको देवरिया कञ्चनपुर गाउँ उत्तर प्रदेश निवासी ५१ वर्षीय ब्यास शर्मा छन् ।