मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतले जासुसी विमान पठाएको पाकिस्तानको आरोप

भारतले जासुसी विमान पठाएको पाकिस्तानको आरोप


पाकिस्तान । भारतले सीमा क्षेत्रमा जासुसी विमान पठाएको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तान विदेश मन्त्रालयले यसबारे सोधपुछ गर्न भारतीय उच्च आयुक्तलाई बोलाएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटिआईले जनाएको छ । 
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भारतीय उच्चायुक्तसँग सीमा क्षेत्रमा जासुसी विमान प्रवेशको मुद्दा उठाइने जानकारी दिएका छन् ।
पाकिस्तानको सरकारी रेडियोका अनुसार बुधबार नियन्त्रण रेखाभन्दा पर काश्मीरको भीमबर इलाकामा प्रवेश गरेको ‘भारतीय ड्रोन’लाई पाकिस्तानका सुरक्षाकर्मीहरुले खसालेका थिए ।
विहीबार भारत प्रशासित आरएसपुरा सेक्टरस्थित नियन्त्रण रेखामा गोली हानाहानसमेत भएको छ । सो घटनामा चार जना घाइते भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
यसअघि अखनूर क्षेत्रमा पाकिस्तानले संघर्ष विराम उल्लंघन गरेको भन्दै भारतले विरोधपत्र दर्ता गराएको थियो । अखनूर क्षेत्रमा गोलीबारी हुँदा एक महिलाको मृत्यु भएको थियो ।पीटीआई