मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खुडा प्रहार गरी युवकको हत्या गर्ने ११ अभियुक्त पक्राउ

खुडा प्रहार गरी युवकको हत्या गर्ने ११ अभियुक्त पक्राउ


नेपालगंज  नेपालगञ्ज ब्यस्त सडकमा दिउसै एक युवकलाई  खुडा प्रहार गरी हत्या गर्ने कार्य संलग्न ११ जना अभियुक्तहरुलाई पक्राउ गरी बाँके प्रहरीले सार्वजनिक गरेको छ। आपसी विवादलाई छफफल गरी मिलाउने भन्दै अभियुक्तहरुले नेपालगञ्ज उपमहानगरपालिका —८ गगनगञ्जका २५ वर्षीय चेतन मानन्धरलाई बोलाई  खुडा प्रहार गरर हत्या गरेका थिए।
नेपालगञ्ज उपमहानगरपालिका ५ बस्ने रिगल ढकाल सहितका १४ जनाको समुहले मानन्धरलाई योजनाबद्ध रुपमा मानन्धरको हत्या गरेको हालसम्मको अनुसन्धानबाट देखिएको बाँके प्रहरी उपरिक्षक बसन्त पन्तले बताए। घटनामा मुख्य अभियुक्त रिगल ढकालले नै मानन्धरलाई खुडा प्रहार गरेको र खुडा प्रहारबाट गम्भीर घाईते भएका मानन्धरको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए। 
सो घटनामा संलग्न ११ जना अभियुक्तहरु पक्राउ परे पनि  मुख्य अभियुक्त ढकाल भने हालसम्म  फरार छन्। पक्राउ परेका अभियुक्तमध्ये बाकेका विवाद पाठक,  नवराज खत्री, केशव रोकाया, प्रितम थापा, माघव परियार, मनिश चौलागाईं, प्युठानका यमबहादुर बुढा दाङका हरि वली, सुर्खेतका विशाल बस्नेत, रुकुमका प्रशान्त गौतम र मोहन खड्का रहेका छन् । 
पक्राउ परेका सबै अभियुक्तहरुका विरुद्ध  कर्तब्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको र फरार अभियुक्तहरुको खोजीका लागि प्रहरी प्रधान कार्यालयबाट समेत टोली परिचालन गरिएको प्रहरी उपरिक्षक पन्तले बताए।