मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवघाटधाममा आजबाट साउने मेला सुरु

देवघाटधाममा आजबाट साउने मेला सुरु


चितवन-चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजबाट साउने मेला सुरु भएको छ।आज साउने सङ्क्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको विहानैदेखी घुइँचो लागेको छ। मेला आजबाट सुरु भएपनि मुख्य गरी आउँदो सोमवारदेखि भारतबाटसमेत भक्तजन आउने देवघाट क्षेत्र विकास समितिले जानाकारी दिएको छ ।महिनाव्यापी हुने मेलाका लागि सुरक्षा व्यवस्था मिलाइएको तथा स्नान गर्ने क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाइएको समितिले जनाको छ।
चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक पर्यटक आउने गर्दछन्। साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ। यो महिनाको साउने सोमबार भने झनै भक्तजनका लागि महत्वपूर्ण हुन्छ।
यस्तै चितवनको महाकालेश्वर मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे मेला अर्थात बोलवम मेला लाग्ने गर्दछ।महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्दछन्।
देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो  मनोकामना  पूरा भई सुख शान्ति मिल्ने विश्वास  छ। मेलामा साउनको हरेक सोमबार निराहार ब्रतबसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ। यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दा मनोकामना पुरा हुने  विश्वास रहेको छ ।