मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निरक्षर दोर्जे शेर्पालाई १२ कक्षासम्म निःशुल्क अध्ययनको अवसर

निरक्षर दोर्जे शेर्पालाई १२ कक्षासम्म निःशुल्क अध्ययनको अवसर


काठमाडौँ । ताप्लेजुङका विपन्न परिवारका १० वर्षीय निरक्षर दोर्जे शेर्पालाई यहाँको एक विद्यालयले १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने भएको छ ।
 
यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का सचिव योगेश भट्टराईको उपस्थितिमा ताहाचलस्थित माउन्ट ग्लोरी स्कुललाई विद्यार्थी हस्तान्तरण गरिएको हो ।  
 
हालै सञ्चारमाध्यममा दोर्जेका बारेमा समाचार आएपछि अनेरास्ववियुका सचिव राधिका खतिवडाले दोर्जेलाई काठमाडौँ ल्याई उनको अध्ययनका लागि विद्यालयसँग आग्रह गरेपछि खाने बस्ने तथा पढ्ने व्यवस्था भएको हो ।
 
उक्त कार्यक्रममा सचिव भट्टराईले ग्रामीण भेगका अधिकांशले आर्थिक अभावका कारण आफ्ना बालबालिकालाई शिक्षा प्रदान गर्न नसकेको बताउँदै यस्ता बालबालिकालाई सरकारले निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
 
प्रधानाध्यापक गोपाल आचार्यले विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोर्जेलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था विद्यालयले गर्न लागेको जानकारी दिनुभयो । रासस