मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चीनमा दोस्रो सन्तान माग गर्नेको सङ्ख्या बढ्यो

चीनमा दोस्रो सन्तान माग गर्नेको सङ्ख्या बढ्यो


बेइजिङ । चीनमा ४२ हजार भन्दा बढी दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन । विगतका धेरै वर्षदेखि चीनमा ‘एक दम्पतिको  एक सन्तान’ लागू गरिँदै आएको विवादास्पद नीति गत वर्षमात्र परिवर्तन भएको थियो । 
 
गत मे महिनाको अन्त्यसम्ममा चिनियाँ परिवार नियोजन विभागमा ४२ हजार ७५ वटा निवेदन परेकोमा ३८ हजार ७९८ वटा निवेदन स्वीकृति भइसकेको समेत सो विभागले जनाएको छ ।
स्वीकृत निवेदनहरूमध्ये ३१ देखि ३५ वर्षसम्मका महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको बेइजिङस्थित स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।
 
 गत फेबु्रअरीमा सो आयोगले चीन सरकारलाई सुझाव दिएअनुसार बेइजिङको जनसङ्ख्या अनुपात कम हुँदै गएकाले  सन् २०१९ सम्म दुई लाख ७० हजार नवजात शिशुको भएमा उपयुक्त हुने बताइएको थियो । नवजात शिशु यो अनुमानित सङ्ख्यामा सामान्य शिशु जन्मदर भन्दा ५४ हजारले वृद्धि हुने छ ।
 
सन् २०१९ पछि ठूलो परिवारको सङ्ख्या इच्छुक जोडीहरू सबैका दोस्रो सन्तान भइसक्ने छन् ।
 हाल चीनभरि १४ लाख ५० हजार दम्पति दोस्रो सन्तान जन्माउनुका लागि कानुनी प्रक्रियाको हैसियत राख्छन् । तीमध्ये १३ प्रतिशतले दोस्रो सन्तान जन्माउने स्वीकृतिको लागि निवेदन दिइसकेका छन् । 
 
  सन् २०१३ मै चीनमा एकदम्पति एक सन्तानको नीति परिवर्तन गर्न प्रस्ताव भनिए तापनि  सन् २०१४ को सुरुवातदेखि मात्र यो परिवर्तित नीति व्यवहारमा ल्याइएको थियो । रासस÷पिटिआई