मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन क्यालिफोर्निया च्याप्टरको पूर्वाग्रही व्यवहार ले बे एरियाकासंस्थाहरु आक्रोशित

एनआरएन क्यालिफोर्निया च्याप्टरको पूर्वाग्रही व्यवहार ले बे एरियाकासंस्थाहरु आक्रोशित


एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले ११ जुलाई, २०१५ मा टीपीएसका बारेमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ । १८ संस्थाहरुको नाम जोडेर आयोजना गरिएको उक्त कार्यक्रममा आयोजक भने निकै आग्रह पूर्वाग्रहका साथ प्रस्तुत भएको देखिएको थियो । त्यसो त उक्त
कार्यक्रममा बे एरियाका आधा दर्जन संस्थाहरुको संयोजन भनिएता पनि ती संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु नै कार्यक्रमका बारेमा अनभिज्ञ रहेका थिए । 

उक्त कार्यक्रम आयोजना गर्दा स्थानीय प्रतिष्ठित व्यक्तिहरु, सञ्चारकर्मी, न्यान्स, द ह्वाइट जोन, क्रियटिभ क्लब, तमु समाज, एफडब्लुजीएन, ब एरिया वुमन सोसाइटी जस्ता संस्थाहरुलाई संस्थागत रुपमा कुनै संयोजन नगरिएको खुल्न आएको छ । एनआरएनका निवर्तमान मात्र होइनन, वर्तमान केन्द्रीय पदाधिकारी हरुलाई समेत वाइपास गर्ने काम भएको थियो । 

कसैको इशारामा कार्यक्रम सञ्चालन गरिएको स्पष्ट देखिन्थ्यो । नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टरका अध्यक्ष कार्यक्रममा उपस्थित हुँदाहुँदै पनि सचिवलाई अगाडि बढाईएको थियो । एनआरएन क्यालिफोर्निया च्याप्टरले कसैको इशारामा एकलौटी ढंगले आग्रह पूर्वाग्रह राखेर कार्यक्रम गरेकोमा उपस्थित व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । बे एरियाका अधिकांश संस्थाहरुले एनआरएन क्यालिफोर्निया को सहकार्यमा कुनै पनि कार्यक्रम नगर्ने र उसले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सहभागिता नजनाउने जनाएका छन् । 

कार्यक्रममा सहभागीहरुको संख्या पनि निकै कम रहेका कारण धमाका नै भनिएको कार्यक्रम निकै खल्लो बन्न पुगेको थियो । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र निवर्तमान अध्यक्ष खगेन्द्र जिसी उपस्थित हुने भनेर प्रचार गरिएको थियो । त्यसैकारण धेरैजसो कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रम एकलौटी ढङ्गले सञ्चालन गरिएको र आग्रह र पूर्वाग्रह राखेर मर्यादालाई ख्याल नगरि सञ्चालन गरिएका कारण बे एरियाका अधिकांश संस्थाहरुले अबदेखि एनआरएन क्यालिफोर्नियाले
सञ्चालन गर्ने कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेका छन् ।