मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा भानु जयन्ती तथा महानन्द सापकोटा जयन्ती सम्पन्न !

टेक्ससमा भानु जयन्ती तथा महानन्द सापकोटा जयन्ती सम्पन्न !


हिमालय खबर | अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज टेक्ससको आयोजना गरेको २०२ औ आदीकबि भानुभक्त आचार्य जयन्ति तथा ११९ औ महानन्द सापकोटा जयन्ति नेपाली समाज टेक्सस अर्विंगको हलमा जुलाई ११ तारिक शनिवार साँझ सम्पन्न भयो |
 
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष बासु शर्मा सभापति रहनु भएको सो कार्यक्रममा साहित्यकार कृष्णकुमारी पौडेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने महानन्द सापकोटा साधक पुरस्कार गुठीको तर्फबाट संरक्षक सुमिरन सापकोटा अतिथि हुनुहुन्थ्यो |सो समारोहमा विभिन्न सङ्घ संस्थाहरूका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो | उक्त अवसरमा साहित्यिक समाजका संस्थापक अध्यक्ष भीम कार्कीले महानन्द सापकोटा साधक पुरस्कार २०१५ घोषणा गर्दै कवि, निबन्धकार एबम स्तम्भकार स्व. गोविन्द वर्तमानलाई दिइने जानकारी गराउनु को साथै उहाको जीवनीको बारेमा प्रकाश पार्नु भयो।  
 
महानन्द सापकोटा साधक पुरस्कार हरेक वर्ष नेपाली भाषा, साहित्यमा योगदान गरेबापत एकजनालाई प्रधान गरिन्छ भने एसको राशि पाँच सय डलर हो | हरेक बर्ष मे महिनामा प्रदान गरिने महानन्द सापकोटा साधक पुरस्कार यस पटक भने नेपालमा गएको विनाशकारी भुकम्प को शोकको रुपमा नियमित समयमा  नगरि भानु जयन्ती संगै गरिएको जानकारी संस्थापक अध्यक्ष कार्कीले बताउनु भयो।
 
साहित्य समाजका महासचिव प्रकाश पाण्डेले स्वागत मन्तव्य राख्नु भयो भने कार्यक्रम प्रदीप गिरीले सञ्चालन गर्नुभएको थियो | महानन्द सापकोटा साधक पुरस्कार गुठीको तर्फबाट श्रीजा सापकोटाले धन्यवाद ज्ञापन पनि गर्नुभएको थियो | आदी कवि भानुभक्त आचार्यका छैटौ पुस्ता  डा. सुरेन्द्र देव आचार्यले कार्येक्रममा बोल्दै भानुभक्तको बारेमा चर्चा गर्नुभएको थियो | 
 
उक्त कार्यक्रममा कविहरु  वासुदेव  भण्डारी, शैलेश आचार्य, सुमन कार्की, भीम कार्की, कृष्ण खनाल, पातलो अन्तरे, येदुनाथ अधिकारी "साल्दाई", बाल जोशी, आनन्द खनाल, डा. नन्द रेग्मी, डा. सुरेन्द्र देव आचार्य, श्रीयम जोशी, नेत्र आचार्य, रोहित सुबेदी, भोज बहादुर बलायर, सुष्मिता पोख्रेल, कापिल अधिकारी, हरिबोल भण्डारी, सुन्दर खनाल, शशी भट्टराई, डा. सेखर पण्डित , रह शर्मा, कृष्णकुमारी पौडेल आदिले आफ्ना कविताहरू वाचन गर्नुभयो | करिब २ घण्टा चलेको उक्त कार्येक्रममा ८० जनाको उपस्थिति थियो |