मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इराकमा १६ महिनामा पन्ध्र हजार सर्वसाधारणको मृत्यु

इराकमा १६ महिनामा पन्ध्र हजार सर्वसाधारणको मृत्यु


संयुक्त राष्ट्रसंघ । इराकमा चलिरहेको लामो द्वन्द्वमा १६ महिनाको अवधिमा करिब १५ हजार सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ३० हजार व्यक्ति घाइते भएका छन् । संयुक्त राष्ट्रसंघद्वारा हाल प्रकाशित पछिल्लो प्रतिवेदनमा उक्त तथ्याङ्कमा उल्लेख भएको छ । गत अप्रिल ३० सम्मको अघिल्लो १६ महिने अवधिमा उक्त हताहतको सङ्ख्या प्रकाशन गरिएको छ । 
 
‘द युएन मिसन इन इराक र युएन ह्युम्यान राइटस्’ कार्यालयबाट सोमबार प्रकाशित संयुक्त प्रतिवेदनमा इराकमा जारी द्वन्द्वका कारण घरबासछोडी पलायन हुनेहरूको सङ्ख्या २८ लाख पुगेको र तीमध्ये १३ लाख त बालबालिका मात्र रहेका जनाइएको छ ।
 
 मुलतः आइएस आतङ्ककारीको ज्यादती र जथाभावी आक्रमणका कारण हताहत हुने र घरबास छोडीपलायन हुनेको सङ्ख्या यति ठूलो रहेको हो । आइएस आतङ्ककारीहरूले इराक धेरैजसो पश्चिमीउत्तरी भू–भाग कब्जा गर्दै आएका छन् । सर्वसाधारण नागरिकउपर गरिएको  अत्याचार र आक्रमण र अपहरणका घटना समेत उक्त प्रतिवेदनमा करुणामय रुपले प्रस्तुत गरिएको छ  । रासस/एपी