मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

चलचित्र पत्रकार संघ चितवनद्वारा अधिकारीको पुर्नबहाली गर्न माग

चलचित्र पत्रकार संघ चितवनद्वारा अधिकारीको पुर्नबहाली गर्न माग


चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले अध्यक्ष रविचन्द्र अधिकारीको पुर्नबहालीको माग गरेको छ । कार्यबाहक अध्यक्ष रामेश्वर रिजालको अध्यक्षतामा बसेको आकस्मिक बैठकले तत्काल अध्यक्षको पुर्नवहालीको माग गरेको हो । 

chapa-sangh.docxसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “शाखाका अध्यक्ष रविचन्द्र अधिकारीलाई चलचित्र पत्रकार संघ केन्द्रीय कार्यालयले साधारण सदस्यसमेत नरहने गरी गरेको कठोर निर्णयले इमान्दार, निष्ठापूर्वक चलचित्र पत्रकार संघलाई अगाडि बढाउन अहोरात्र नभनी खटिरहेका पत्रकारमाथि गरिएको निर्णय उल्टाई पुर्नबहाली गर्न जोडदार माग गर्दछौं ।” 

निर्णयप्रति केन्द्रले पुर्नविचार नगरेमा चलचित्र पत्रकार संघ चितवन शाखाले पनि जस्तोसुकै निर्णय गर्न पनि बाध्य रहने संघले जनाएको छ । यस्तै बैठकले भदौं २९ गते सौराहामा देशभरका चलचित्र पत्रकारलाई एकैथलोमा राखी गर्ने भनिएको ४ दिने कार्यशाला गोष्ठी चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष रविचन्द्र अधिकारीको पुर्नबहाली नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको शाखा सचिव गोविन्द अर्यालले जानकारी दिए । चलचित्र पत्रकार संघ केन्द्रीय समितिले केहीदिनअघि संस्थाको हितविपरीत शाखा अध्यक्ष अधिकारीले समाचार प्रकाशन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निश्काषित गर्ने निर्णय गरेको थियो । 

अधिकारीले संचालन गरेको नमस्ते फिल्मी डटकममा निर्देशक सुरेश दर्पण पोखरेलको विषयमा समाचार सम्प्रेशण गरेको थियो । तर समाचार लेखेकै भरमा संघले नै कारवाही गर्नु उचित नभएको चितवनका चलचित्र पत्रकारहरुको टिप्पणी छ ।