मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तान भ्रमणको निम्तो स्वीकार

भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तान भ्रमणको निम्तो स्वीकार


उफा (रसिया), २५ असार – पाकिस्तानी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तान भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्नुभएको छ ।
 
रसियाको उफामा एक एसियाली सम्मेलनका क्रममा उहाँहरु शुक्रबार त्यहाँ उपस्थित हुनुहुन्छ । सोही सम्मेलनकै क्रममा उहाँले उक्त निमन्त्रणा गर्नुभएको हो ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना पाकिस्तानी समकक्षी पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पाकिस्तान भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।
 
रसियामा आज उहाँहरु दुवै जनाको भेटवार्ता भएको थियो । भेटवार्तापछि जारी गरिएको दुवै तर्फको संयुक्त विज्ञप्तिमा सो कुरा बताइएको छ ।
 
सो विज्ञप्तिमा भनिएको छ– पाकिस्तानी प्रधानमन्त्रीले आगामी वर्ष सन् २०१६ मा पाकिस्तानमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको शिखर सम्मेलनका लागि पाकिस्तान आउन दिनुभएको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्नुभएको छ ।
 
यसअघि भने पाकिस्तानले दिएको निमन्त्रणा भारतीय अधिकारीहरुले अस्विकार गरिएको बताएका थिए ।
प्राय सबैजना दक्षिण एसियाली राष्ट्रका नेताहरुको सहभागितामा हुने यस सम्मेलनमा यसअघि पनि पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई आमन्त्रण गर्नुभएको थियो ।
 
भारतीय प्रधानमन्त्री मोदी गतवर्ष सत्तामा आएपछि दक्षिण एसिया र एसियाका कयौँ देशको भ्रमण गरेपनि पाकिस्तान भने जानुभएको छैन ।
 
आगामी वर्ष हुने यो भ्रमण नै उहाँ भारतको प्रधानमन्त्री भएपछिको पहिलो पाकिस्तान भ्रमण हुनेछ ।
सो विज्ञप्तिमा दुवै देशका प्रधानमन्त्रीले त्यस अवसरमा भेटवार्ता पनि गर्ने र त्यस क्रममा दुई देशको आगामी दिनको सम्बन्ध विकासका लागि आवश्यक पहल गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।
 
साथै उक्त विज्ञप्तिका अनुसार यी दुई देशका सुरक्षा सल्लाहकारहरु पनि भारतीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता गर्नछन् । यस्तो भेटवार्ता छिट्टै हुने भनिएको छ तर पनि वार्ताको मिति भने तय गरिएको छैन ।
यी दुई देशबीच वर्षेनी नियमित रुपमा हुने गरेको सुरक्षासम्बन्धी बैठक पनि केही वर्षदेखि अबरुद्ध हुदै आएको छ ।
 
सन् २००८ मा भारतको मुम्बई सहरमा भएको आक्रमणमा पाकिस्तानी पक्षको हात रहेको र सो क्रममा २६६ जनाको ज्यान गएपछि यी दुई देशबीचको यस वार्ता पनि अवरुद्ध भएको हो ।
 
रसियाको उफामा जारी रहेको साङ्घाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो । सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङको पनि सहभागिता रहेको छ । रासस/एएफपी