मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भूकम्पपीडित बस्तिमा फैलियो पखाला

भूकम्पपीडित बस्तिमा फैलियो पखाला


गोरखा– उत्तरी गोरखाको उहिया गाविसका भूकम्पपीडित बस्तीमा पखाला रोग देखा परेको छ ।
 
उहियाका १, २ र ३ वडामा ४० जनाभन्दा बढी पखालाका बिरामी देखिएका छन् । भूकम्पले घर भत्केकाले गाउँले टहरामा बस्दै आएका थिए । चिसो र दूषित खानेपानीको कारणले बिरामी बढ्दै गएको स्थानीयवासी छिरिङ गुरुङले जानकारी दिए।
 
‘अधिकांश गाउँले बिरामी छन्” गुरुङले भन्नुभयो, ‘ज्वरो आउने, रुघाखोकी लाग्ने र पखाला लागेपछि भूकम्पपीडित गाउँले आत्तिएका छन् ।’ गाउँमा रहेको स्वास्थ्य केन्द्रमा अहेव नभएकाले बिरामीले सामान्य उपचारसमेत नपाएको गुरुङले जानकारी दिए ।
 
जेठको दोस्रो हप्तादेखि गाउँले बिरामी पर्न सुरु गरेको भए पनि आजदेखि बिरामी बढ्दै गएको उनको भनाइ छ । भूकम्पपछि मरेका पशुचौपायाको व्यवस्थापन नहुँदा पनि पानीको मुहान दूषित भएको बताइएको छ ।
 
उहियाको छिमेकी गाविस केरौंजामा पनि रुघाखोकी, रगतमासी जस्ता रोग फैलिएको छ । रोगले एक साताअघि दुई जनाको मृत्यु भइसकेको छ । केरौंजा गाविस–१ की सुनिता गुरुङ र ४ कीे गोपीन गुरुङको पखालाका कारण मृत्यु भएको पूर्व गाविस अध्यक्ष सुकबहादुर गुरुङले बताए । 
केरौंजा गाउँमा मात्र ६० जनाभन्दा बढीलाई पखलाले सताएको छ । उनीहरूले औषधि सेवन गर्न पाएका छैनन् । गाउँमा झाडापखाला फैलिएको जानकारी स्थानीय प्रशासनलाई गराउन छिरिङ आज सदरमुकाम आएका हुन् । – रासस