मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

दीपाश्री निरौला निर्देशक बन्दै

दीपाश्री निरौला निर्देशक बन्दै


हाँस्य कलाकार दीपाश्री निरौला पनि चलचित्र निर्देशक बन्ने भएकी छन्। 
 
वडा नम्बर ६को प्रदर्शन मिति घोषणा गरेसँगै निर्माता तथा कलाकार दिपकराज गिरीले निर्माण गर्न लागेको नयाँ चलचित्र छ भने माया छपक्कै लाइदेउ नको निर्देशन गर्ने जिम्मा पाएकी हुन्। 
 
हाल यो चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको दिपकले जानकारी दिए। दीपाले यो चलचित्रका लागि संझौता गरेकी भने छैनन्। तर, उनले लामो समयको कलाकारिताको अनुभवलाई संगाल्दै चलचित्र निर्देशन गर्ने पक्का भएको हो।
 
यसपटक भने चलचित्रमा कोही पनि नायक नहुने दिपकको भनाई छ। चलचित्रमा मह जोडी बाहेक सबैजसो हाँस्य कलाकार देखिनेछन्। चलचित्र वडा नम्बर ६ असोज १ गतेबाट प्रदर्शनमा आएपछि छ भने माया छपक्कै लाइदेउ नको छायांकन सुरु हुनेछ। चलचित्र ६ एकान ६ को सफलता पछि दिपक, दीपा र निर्मल शर्माले मिलेर चलचित्र वडा नम्बर ६ निर्माण गरेका हुन्।