मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

अनौठो प्रतियोगिता, दुइ घण्टासम्म ‘मन डुलाउन’ नपाइने, नाक कोट्याउन पाइने (फोटोफिचर सहित)

अनौठो प्रतियोगिता, दुइ घण्टासम्म ‘मन डुलाउन’ नपाइने, नाक कोट्याउन पाइने (फोटोफिचर सहित)


चुपचाप बस्नुस्, गीत सुन्न पाउनुहुन्न, मोबाइल चलाउन पाउनुहुन्न यदि यसो गर्नुभयो भने सिधै आउट । कपाल चिलायो, के गर्ने ? ठिकै छ, कपाल कनाउने छुट छ, नाक कोट्याउने पनि छुट छ । 
 
दुइ घण्टासम्म तपाइँले बाहिरी वातावरणको मतलब गर्न पाउनुहुने छैन । बाहिरी वातावरणमा मन नडुलाएर आफुलाई नियन्त्रणमा राख्न सक्नुभयो भने सायद तपाइँ प्रतियोगिताको विजयी बन्न सक्नुहुन्छ । आफुलाई मन पर्ने जे सुकै चिजमा एकोहोरो हेरिरहने क्षमता तथा दृढताको जाँचमा पास हुनुहुन्छ ।
 
चीनको राजधानी बेइजिङमा हालै यस्तो अनौठो प्रतियोगिता भएको छ । व्यस्त तथा भिडभाडपूर्ण सहरी जिवनबाट वाक्कदिक्क भएका धेरै सहरवासी मानिसले यो प्रतियोगिताको प्रसंसा गरे र भाग पनि लिए । तर केही नेटिजन्सहरु भने यस्तो प्रतियोगिता वाहियात रहेकेा र केवल समयको नास मात्र रहेको बताएका छन् ।
 
अन्तराष्ट्रिय स्पेस-आउट प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताको दोश्रो संस्करण हो । ८० जना प्रतियोगिले भाग लिएकेा उक्त प्रतियोगिता बेइजिङस्थित चाइना वल्र्ड ट्रेड सेन्टर नजिकैको व्यस्त सडक छेउँमा भएको थियो ।
 
यस्तो खालको पहिलो प्रतियोगिता सन् २०१४ को अक्टोबरमा दक्षिण कोरियाको सिओलमा भएको थियो ।
यो प्रतियोगितामा हिँडडुल गर्न तथा चल्न नपाइने मात्र होइन मुटुको चाल समेत बढि घटबढ हुनेगरी मनमा संवेग उत्पन्न गराउन पाइँदैन । मुटुको चाल सामान्य दरमा छ की छैन भनेर पनि बेलाबेलामा जाँच गरिन्छ ।
 
दर्शकको भोट तथा निर्णायक मण्डलको मतका साथै मुटुको चालको अवस्था लगायतका पक्षहरुको गणना गरी अन्तिम विजेताको घोषणा गरियो ।
अन्त्यमा हालै कलेज उत्तीर्ण गरेका जिन शियु नामका विद्यार्थी सर्वोत्कृष्ट ठहरिए । एक अन्तरवार्ताका क्रममा विजेता जिनले आफुलाई आफ्नै संसारमा भुल्न तथा सुस्त जिवनशैलीमा रमाउन मन लाग्ने गरेको बताए ।
दक्षिण कोरियाली कलाकार उप्स यांगले यो प्रतियोगिताको सुरुवात गरेका थिए ।
 
 मानिसहरुमा मन सफा गर्न, जिवनका तनावहरु भुल्न तथा प्रविधिले भरिएको कार्यतालिकाबाट आफुलाई टाढा राख्न र रिल्याक्स हुन सहयोग गर्ने विचरका साथ यस्तो प्रतियोगिताको आयोजना गरिएको थियो । -सिन्ह्वा