मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (TPS) प्राप्त गरिसकेपछि नेपाल जान पाउछ कि पाउदैन?

टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (TPS) प्राप्त गरिसकेपछि नेपाल जान पाउछ कि पाउदैन?


क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी बासु फुलारा
 
 
इमेल: [email protected]
डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले नेपालको हालै गएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछाडी लगातार आएका पराकम्पनले नेपालमा निम्त्याएको बिनासलाई मध्यनजर गर्दै नेपालको लागि अस्थाई राहत मिलोस भनेर अमेरिकामा रहेका नेपालीलाई जून २४ देखि लागु हुने गरि १८ महिना सम्मका लागि अनेक सुबिधा सहितको अस्थाई सुरक्षा प्राबधान र टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) दिने निर्णय गरेको छ।
 
 
जुन २४ तारिखमा डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले जारी गरेको बक्तब्यअनुसार जुन २४, २०१५ सम्म अमेरिकामा रहेका नेपाली र पछिल्लो पटक नेपालमा बिना कुनै देशको नागरिकता बेगर बसोबास गरेका अमेरिकामा रहेका नागरिकले टिपिएस सुबिधा पाउन यसै बर्षको डिसेम्बर २१, २०१५  भित्र निबेदन दिनु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ। अर्थात जुन २४ देखिको मितिले १८० दिन भित्र योग्य नेपालीहरुले टिपिएस निबेदनका लागि दर्ता गरि सक्नु पर्नेछ। टिपिएस १८ महिनाको लागि अर्थात डिसेम्बर २४, २०१६ का लागि नेपालीलाई प्राप्त हुनेछ। टिपिएस कसरी प्राप्त गर्ने प्रक्रियागत तरिकाको बारेमा फेडरल रजिस्टरमा बिस्तृत रुपमा व्याख्या गरिएको छ।
 
 
अब यहाँ बस्ने नेपालीहरुले टिपिएसको आधारमा केहि छोटो समयको लागी बैधानिक तबरबाट काम गर्न पाउने, देश निकालाबाट बच्ने, ट्राभल गर्न पाउने, होमल्यान्ड सेक्युरिटीले डिटेन्सनमा नराख्ने लगायत सुबिधा पाउने छन् । ट्राभल गर्नको लागि पहिले एडभान्स परोलको आबेदन गरि होमल्यान्ड सेक्युरिटीले स्वीकृति प्रदान गरेको खण्डमा छोटो समयको लागि नेपाल गएर अमेरिका आउन सकिने छ। एडभान्स परोल टिपीएस निबेदनको साथ साथै वा  टिपीएस स्वीकृति भैसकेपछि आबेदन गर्न सकिने छ। एडभान्स परोलको बारेमा सम्बन्धित बिषयका एटर्नीहरुलाइ सोधेर ट्राभलको बारेमा सोच्न र योजना बनाउदा भने सम्बन्धित ब्यक्तिलाइ एडभान्स परोलको बारेमा कानुनी जानकारी र परिणामका बारेमा बढी जानकारी हुने हुन्छ । तसर्थ नेपाल जाने तपाईको प्लान छ भने सम्बन्धित बिषय का एटर्नीहरुलाइ सोध्दा तपाईहरुलाइ फायदा हुन जान्छ।
 
 
(यो लेखमा व्यक्त बिचारहरु पाठकका सामान्य जानकारीका लागि मात्रहुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलाराको इमेल: [email protected] मा सम्पर्क राख्नसक्नु हुनेछ –सम्पादक ।)