मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

‘बम’को सूचनापछि टर्कीस एअरको विमान दिल्लीमा आपतकालीन अवतरण ( भिडियो सहित )

‘बम’को सूचनापछि टर्कीस एअरको विमान दिल्लीमा आपतकालीन अवतरण ( भिडियो सहित )


नयाँ दिल्ली, आषाढ २२ । विमानभित्र बम रहेको सूचनाका आधारमा बैंककबाट इस्तानबुलका लागि उडेको टर्कीस एअरलाइन्सको विमानलाई मंगलबार अपरान्ह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ ।
 
विमानभित्र बम रहेको भन्दै पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई सूचना दिएपछि आपतकालीन अवतरणका लागि अनुमति दिइएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
 
विमानस्थल क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै सुरक्षा एजेन्सीहरु तथा अग्नि नियन्त्रण टोलीका सदस्यहरु तैनाथ गरिएको छ ।
 
‘टिके–६५’ फ्लाइट नं. को सो विमानमा एक सय ४८ यात्री सवार छन् । विमानमा बम निरोधी दस्ता र तालिम प्राप्त कुकुर परिचालन गरी खोजतलास भइरहेको स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ । (एजेन्सी)