मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

दुर्घटनापछि हेमा मालिनीले गरिन प्लाष्टिक सर्जरी

दुर्घटनापछि हेमा मालिनीले गरिन प्लाष्टिक सर्जरी


भारत । बलिउडकी सर्वाधिक रुचाइएकी पुरानी अभिनेत्री हेमा मालिनीको अनुहारमा प्लाष्टिक सर्जरी गरिएको छ । 
 
कार दुर्घटनामा घाइते भएकी सुन्दरी हेमाको फोर्टिस अस्पतालमा प्लाष्टिक सर्जरी गरिएको हो । डाक्टर पी तम्बोलीका अनुसार हेमाको नाकमा गम्भीर चोट लागेको थियो । उनलार्इ निको हुन अझै छ हप्ता लाग्ने उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । अहिले हेमा मालिनीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताईएको छ ।
 
मथूराबाट राजस्थान जाने क्रममा बलिउड अभिनेत्री तथा बिजेपी सांसद मालिनी गत बिहीबार सडक दुर्घटनामा परेकी थिइन । राजस्थानको कौसा भन्ने स्थानमा हेमा चढेको गाडी अचानक अनियन्त्रित भर्इ अर्को गाडीसँग ठोकिन्न पुगेको थियो । अर्को गाडीमा सवार रहेकी एक बालिकाको भने मृत्यु भएको छ ।
 
दुर्घटनापछि हेमा अर्को कार चढेर अस्पताल पुगेकी थिइन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हेमाले घाइते बालिकालार्इ तत्कालै आफूस‌ँगै अस्पताल लगेको भए उनको ज्यान बच्न सक्ने थियो । एउटी अबोध बालिकालाई बचाउन सक्ने अवस्था हुँदा हुँदै पनि समयमै अस्पताल नलगिएको टिप्पणी सञ्चारमाध्यमहरुले गरेका छन् । 
 
जे होस् नहुनुपर्ने दुर्घटना भई नै हाल्यो,  उनको सौन्दर्यमा कमी नआओस् भन्ने हेमाका फ्यानको अपेक्षा छ ।