मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

३५ वर्षका नेताले ६ वर्षकी बालिका बिहे गरे

३५ वर्षका नेताले ६ वर्षकी बालिका बिहे गरे


३५ वर्षका एक पुरुषले ६ वर्षकी बालिकासँग बिहे गरिरहेको तस्वीर सार्वजनिक भएपछि त्यसले ठूलै तरंग ल्याएको छ ।
 
भारतको राजस्थानस्थित गंगरर गाउँका एक जना नेताले ६ वर्षकी बालिकालाई बिहे गरेका हुन् ।
स्थानीय गाउँ परिषदको निर्वाचित सदस्य समेत रहेका रतन लाल जातले जुन २३ मा गाउँका एक मन्दिरमा गोप्य रुपमा बिहे गरेका हुन् । बिहे समारोहमा अरु ५ जना प्रत्यक्षदर्शी उपस्थित थिए ।
 
यस्ता अनमेल तथा बाल विवाह गराउने कुख्यात दलाल जमुनी बाइ नामकी महिला हुन् । उनी बिहे समारोहमा समेत उपस्थित रहेको बताइएको छ ।
 
पाको उमेरसम्म अविवाहित रहेका रतनलालले स्थानीय नाता प्रथा अनुरुप ६ वर्षकी बालिकालाई बेहुली बनाएका बताइएको छ ।
 
यसरी बिहे गरेबापत रतनलालले बालिकाका परिवारलाई केही रकम समेत दिएको बताइएको छ । आफुभन्दा २९ वर्ष जेठो पुरुषसँग बिहे गरेकी ती बालिका तत्कालका लागि भने आफ्नो माइतीघरमै बस्न पाउँछिन् ।
 
यसैबीच ६ वर्षकी बालिका बिहे गर्ने रतनलाललाई प्रहरीले पक्राउ गरेको छ । यस्तो बिहे गराउने दलाल जमुनी बाइ फरार रहेको र उनको खोजी भैरहेको बताइएको छ ।
 
६ वर्षमै बिहे गराइएकी बालिकाको नाम भने खुलाइएको छैन । – एजेन्सी