मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

खरेलको हंगामा यूरोपमा

खरेलको हंगामा यूरोपमा


हिमालय खबर गायक प्रमोद खरेल यतिखेर युरोप भ्रमणमा छन। पासा पुच: बेल्जियमले गरेको सॉंगितिक कार्यक्रम मा उनि संगै गायिका आस्था राउत र नायिका अशिश्मा नकर्मी रहेका छन। आइतवार २८ तारिक एन्टरप वेल्जीयममा भएको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। प्रमोदले आफ्ना हिट गीतहरु प्रस्तुत गर्दा वान्समोरले हल गुन्जायमान भएको थियो। उनले म विना, हंगामा भो, कृकेट गीत मेरो देश प्यारों नेपाल याद गर्न पनि  लगायत विभिन्न गायकहरुको मिमिक्री गर्दा दर्शकले भरपुर मनोरन्जन प्राप्त गरे।
गायिका आस्था राउतले चौवन्दी र पटुकी झुम्के वुलाकी सालको पात गाएर स्टेज तताइन। नायिका अशिश्मा नकर्मी ले नेवारी कल्चरल डान्स सहित ३ गीतमा डान्स प्रस्तुत गरीन। पहिलो कार्यक्रममा युके मा वस्दै आएका कन्दरा व्यान्डका विवेक श्रेष्ठले पनि आफ्ना हिट नम्बर सुनाए। कार्यक्रम १९ जुलाइ सम्म चल्ने छ। कार्यक्रम वाट उठेको रक़म भुक्म्पपिडित को लागि खर्च गरिने आयोजक पासा पुच: का अध्यक्ष चीजकुमार श्रेष्ठले वताए।