मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

श्रोता माझ आयो रमिताको ‘प्ले ईट’

श्रोता माझ आयो रमिताको ‘प्ले ईट’


हिमालय खबर I गायिका रमिता भण्डारीको सांगितिक एल्वम ‘प्ले ईट’ एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । ललितपुरमा आयोजित एक भव्य र्याम्प सहितको ईभेन्टमा रमिताको एल्वम बिमोचन गरियो । गीतसंगीतका केहि मुर्धन्य व्याक्तित्हरुको उपस्थितीमा रमिताको उक्त एल्वम सार्वजनिक गरिएको थियो ।
 
बिमोचन कार्यक्रममा गायक धिरज राई, प्रदेश लिम्बु तथा एनके ब्याण्डका सदस्यहरुको साथमा विभिन्न संगीतकर्मीको समेत उपस्थित थियो । मोडलिङम समेत जम्दै र रम्दै गरेकी यी सुन्दरीको सुमधुर स्वर समावेश नयाँ गिती एल्बम श्रोतामाझ आएको हो । तर यो एल्बममा समावेश प्रयः सबै गीत यसअघी नै सामाजिक सञ्जाल युट्युवमा भने सार्वजनिक भईसकेका थिए । एल्बममा समावेश सबै ६ वटा अडियो गीत युट्युवमा समेत उपलब्ध छन् । भने केहि गीतको भिडियो पनि तयार भईसकेको छ । बिमोचन कार्यक्रममा एल्वममा समावेश एक गीत ‘पार्टी नाईट’ को भिडियो पनि प्रिमियर गरियो ।
 
शास्त्रिय संगीत समेत सिकेकी रमिता आफुलाई गितारिष्टको रुपबाट पनि परिचित गराउन चाहन्छिन् । सार्वजनिक नयाँ एल्वममा समावेश तीन गीतमा रमिताको नै शब्द तथा संगीत छ । सुन्दर तथा आकर्षक जिउडालकी धनी रमिता मनोरञ्जन दुनियांमा रम्ने र जम्ने नै आफ्नो उद्देश्य रहेको बताउँछिन् ।
रुशलाईट मिडियाको तर्फबाट श्रोतामाझ आएको  ‘प्ले ईट’मा समावेश सबै गीतमा स्वर पनि रमिताको नै छ । यसअघी नै दर्जन बराबर पप तथा आधुनिक गीतहरुमा स्वर दिईसकेकी रमिता मोडलिङमा पनि सक्रिय छिन् ।  रमिताले १४ बर्षकै उमेरमा पहिलो एल्वम निकालेकी थिईन् । यो बीचमा केहि समय मोडलिङमा मात्र खर्चेकी उनले पुनः गायन बिधालाई पनि अघी बढाउने सोच स्वरुप ‘प्ले ईट’ श्रोतामाझ ल्याएको बताईन् ।