मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

’लब सब’ भदौ २५ मा आउने

’लब सब’ भदौ २५ मा आउने


बैशाख १२ को महाभूकम्पको कारण सुनसान रेहेको नेपाली सिनेमा हलहरुमा अब चहलपहल हुने भएको छ ।
 
यसै क्रममा चलचित्र ’लब सब’ ले आफ्नो रिलिज मिति तोकेको छ । सुशिल पोखरेल र नरेन्द्र महर्जनको निर्माण रहेको चलचित्र लब सब आगमी भाद्र २५ देखि प्रदर्शनमा आउने भएको हो ।  देव कुमार श्रेष्ठले निर्देशन गरेका लब सबमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतको अभिनय रहेको छ ।
 
हिमाल केसीले द्वन्द्व निर्देशन गरेको यस चलचित्रलाई कृष्ण श्रेष्ठले दृश्यमा उतारेका छन् । बिपिन मल्लले सम्पादन गरेको लब सबमा कलाकारलाई नचाउने काम रामजी लामिछनेले गरेका हुन् ।