मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

के बरुण र श्रद्धा बलिउडका नयाँ स्टार हुन् ?

के बरुण र श्रद्धा बलिउडका नयाँ स्टार हुन् ?


चलचित्रको व्यापारको क्रमलाई हेर्ने हो भने बलिउडले नयाँ स्टार जन्माइरहेको देखिन्छ । अमिताभ बच्चनपछि ३ खानको राज चलिरहेको बलिउडमा उनीहरु पछि को भन्ने प्रश्न सोझिएको छ । 
 
बलिउडका ३ खानले भारतमा मात्र होइन विश्वभर नै आफ्नो क्रेज जमाएका छन् । तर, उनीहरुपछि यस्तै क्रेज जन्माउने नायक को होलान् भन्ने खोजी बलिउडमा भएको छ ।
 
चलचित्रको व्यापारको क्रमलाई हेर्ने हो भने बलिउडले नयाँ स्टार जन्माइरहेको छ । कुनै समय रणवीर कपुरलाई नयाँ स्टार मान्ने विश्लेषकहरु अहिले उनको लगातार ३ वटा चलचित्र असफल भएपछि मौन छन् ।
चलचित्र ‘एवीसीडी २’को व्यापार गतीलाई नियाल्दा बलिउडमा बरुण धवन र श्रद्धा कपुर नयाँ पीडिका स्टार हुन् भन्दा फरक नपर्ला ।
 
यसअघि बनेको ‘एवीसीडी’ हिट भएपनि आक्रामक व्यापार गरेका थिएन । तर, यसको सिक्वेलले १ सय करोडको क्लब छुने पक्का जस्तै छ । 
 
विश्वभर यो चलचित्रले १ सय करोडको ग्रस कलेक्शन गरिसकेको छ ।
बरुण धवन बलिउडका त्यस्ता नायक हुन्  जसको कुनै पनि चलचित्र आजसम्म असफल छैन ।
 
उनले अभिनय गरेको पहिलो चलचित्र ‘स्टूडेन्द अफ द इयर’देखि ‘एवीसीडी २’सम्म आइपुग्दा उनी सुपरहिट चलचित्र दिने नायकको सूचीमा छन् ।
 
यस्तै, पहिलो चलचित्र ‘आशिकी २’देखि ‘एवीसीडी २’ सम्म आइपुग्दा बलिउड सुन्दरी श्रद्धा कपुर पनि हिट नायिकाको सूचीमा छिन् । उनको पनि कुनै चलचित्र असफल छैनन् ।