मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रजिअ सिंहलाई उद्योग व्यवसायीहरुको स्वागत

प्रजिअ सिंहलाई उद्योग व्यवसायीहरुको स्वागत


चितवन । रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई स्वागत गरेको छ ।  भर्खरै चितवन आएका प्रजिअ सिंहलाई संघले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा चितवनको सुरक्षाका विषयमा अन्तक्र्रियासमेत गरेको हो । कार्यक्रममा संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले प्रजिअ सिंहलाई फूलमाला र खादा ओढाएर स्वागत गरेका थिए । 
 
प्रजिअ सिंहले समाजमा हुने अपराध नियन्त्रणको लागि व्यवसायी तथा नागरिकसँग सहकार्य गरेर काम गर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष विसुरालले पर्यटकीय नगरी सौराहामा सीमित संख्यामा पर्यटक प्रहरी रहेकाले संख्या थप गरिदिन र व्यावसायिक सुरक्षाका लागि ध्यान केन्द्रित गर्न प्रजिअसँग आग्रह गरे । 
 
कार्यक्रममा संघका पूर्वअध्यक्ष गोपालराज कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत माधव तिमिल्सेना, संघका पूर्वअध्यक्षहरु गोपालराज कर्माचार्य, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठलगायतले बोलेका थिए ।