मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

१६ देखि ३० वर्षका युवा लागूऔषधको जोखिममा

१६ देखि ३० वर्षका युवा लागूऔषधको जोखिममा


चितवन । आज शुक्रबार (26 june) लागूऔषध व्यापारविरूद्धको दिवस । पछिल्लो समय समाजमा देखिएको नयाँ आपराधिक विषयमा लागूऔषधकोे कारोवार पर्दछ । कतिपय देशमा लागूऔषध कारोवार वैध भए पनि नेपालमा यसको कारोवार अवैध छ ।

अनुसन्धानकर्ताहरुका अनुसार लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दो क्रममा छ । जसले गर्दा यसको कारोवार पनि बढेको पाइन्छ । १६ देखि ३० वर्षसम्मका युवाहरु लागूऔषधको जोखिममा छन् । आफ्ना छोराछोरीहरु लागूऔषधको कुलतमा फस्लान् भन्ने चिन्ता अभिभावकमा छ ।

चितवन प्रहरीद्वारा विगत चार वर्षमा बरामद गरिएको लागूऔषधको मुद्दा हेर्दा चितवनमा यसको कारोवार यस वर्ष घटेको छ । मुद्दा संख्या घटेपनि लागूऔषध कारोवारमा नयाँ प्रयोग भएको देखिन्छ । विगत तीन वर्षदेखि महिला र केही विदेशी नागरिकहरु पनि लागूऔषध कारोवारमा देखिए ।

पूर्वपश्चिम क्षेत्र जोड्ने चितवन जिल्ला भएकाले भारतीय नाकाबाट राजधानी, पोखरा र अन्य सहर लैजान चितवनको बाटो प्रयोग हुने गरेको छ । ‘चितवन लागूऔषध ओसारपसारका लागि केन्द्र भएकाले हामीले जिल्लाका सबै नाकाहरुमा कडा चेकजाँच गरेका छौं’, चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले भने, ‘लागूऔषध कारोवार नियन्त्रण गर्ने हाम्रो अभियानमा लागेका छौं, त्यसले पनि मुद्दा संख्यामा कमी आएको हो ।’ साथै उनले लागूऔषधमा फस्न सुरू गरेका युवायुवतीलाई सम्झाइबुझाइ अभिभावकको रोहवरमा छाड्ने गरिएको बताए ।

चितवनमा लागूऔषध नियन्त्रणतर्फ चितवन प्रहरीले पाएको पछिल्लो सफलता भने अघिल्लो महिना हो । भोजाडस्थित एक घरबाट प्रहरीले हालसम्मकै सबैभन्दा धेरै अर्थात् २१४ किलो चरेस बरामद गरेको थियो । ०६८/०६९मा २४ वटा मुद्दा दर्ता भएको थियो । जसमा ४७ जना पुरुष पक्राउ परेका थिए । तर आव ०६९/०७० मा मुद्दा बढेर ३८ पुगेको थियो । यस वर्ष ६४ जना विरूद्ध लागूऔषध मुद्दा दर्ता भएकोमा ३ जना महिला थिए । ४ जना विदेशी थिए ।

अघिल्लो आवमा लागूऔषधको मुद्दा संख्या हालसम्मकै उच्च रह्यो । गत वर्ष चितवन प्रहरीले लागूऔषधसम्बन्धी कुल ६४ मुद्दा चलाएको थियो । उक्त वर्षमा प्रहरीले ११४ जनालाई मुद्दा चलाएकोमा ३ जना महिला थिए भने १ विदेशी थिए । प्रहरीबाट प्राप्त तथ्याक अनुसार चालु आर्थिक वर्षको अन्तिम महिनामा आइपुग्दा मुद्दा दर्ता संख्या गत वर्षको भन्दा १४ ले घटेर जम्मा ५० रहेको छ । चालु आवमा ७९ जना विरूद्ध मुद्दा दायर भएकोमा ४ जना महिला र ३ विदेशी छन् ।