मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोर्खा ब्रुअरीका मजदुरबीच विवाद चर्कियो

गोर्खा ब्रुअरीका मजदुरबीच विवाद चर्कियो


नवलपरासी । नवलपरासीको अमरापुरीमा रहेको गोर्खा ब्रुअरीमा आधिकारिक ट्रेड युनियनको विषयमा विवाद चर्किएको छ । 
बुटवलको श्रम कार्यालयले गोर्खा बु्रअरीका समग्र ट्रेड युनियनलाई आधिकारिक ट्रेड युनियनको मान्यता दिएपछि मजदुर युनियनबीच आधिकारिकताको विवाद बल्झिएको हो । 
 
पहिलो आधिकारिक ट्रेड युनियनको मान्यता पाएको अखिल नेपाल ट्रेड युनियनले आफ्नो पक्षमा बहुमत मजदुर रहेको भन्दै बुटवल श्रम कार्यालयले गरेको निर्णय नमान्ने जनाएको छ भने समग्र उद्योग ट्रेड युनियन नेपालले आफूसँग बुहमत भएको दावी गर्दै श्रम कार्यालय बुटवलमा आधिकारिताको माग गरेर निवेदन दर्ता गराएपछि आधिकारिकताको मान्यता दिएको भन्दै आफूहरु आधारिक भएको दाबी गरेको छ । 
 
यसैबीच, लामो समयको प्रक्रियाबाट श्रम कार्यालय बुटवलले  समग्र उद्योग ट्रेड युनियनका पक्षमा ५३ प्रतिशत मजदुरहरु रहेकाले वार्ता गरी काम अगाडि बढाउन उद्योग व्यवस्थापन पक्षलाई पत्र पठाए पनि सुनुवाइ नभएको भन्दै उनीहरुले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्  । 
 
समग्र उद्योग ट्रेड युनियन, नेपाल कारखाना श्रमिक संघ र अन्टुकका सदस्यहरुले आधिकारिक रुपमा सग्रम उद्योग ट्रेड युनियन हुनुपर्ने माग गरेका छन् । समग्र उद्योग ट्रेड युनियन र अखिल नेपाल औद्योगिक मजदुर युनियनले आफ्नै पक्षमा बहुमत मजदुर रहेको दाबी गरेको अवस्थामा असार ४ गते दुबै नाममा सनाखत गरी श्रम कार्यालयले समग्र मजदुर युनियनको पक्षमा ५३ प्रतिशत मजदुर भएको भन्दै गोर्खा बु्रअरी व्यवस्थापनलाई पत्र पठाएको थियो । जसमा समग्र उद्योग ट्रेड युनियन नेपालको ५३ प्रतिशत र नेपाल औद्योगिक मजदुर युनियनका पक्षमा ४७ प्रतिशत मजदुर रहेको जनाएको छ । 
 
मजदुर युनियनको आधारिकतामा विवाद भएपछि श्रम कार्यालयले टुङगाउने र उद्योगले आधारिकता प्रदान गर्ने प्राबधान छ । पत्र आएपछि पनि आधारिक ट्रेड  युनियनको मान्यता दिन गोर्खा ब्रुअरीले आनाकानी गरेको समग्र उद्योग ट्रेड  युनियनका अध्यक्ष होमबहादुर गुरूङले बताए  । 
 
गुरूङले श्रम कार्यालयले मान्यता दिएपछि आफूहरु स्वतः आधिकारिक ट्रेड युनियन भएको बताए । त्यस्तै उता अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष अगन्धर लामिछानेले आफ्नो युनियन नै आधारिक भएको दावी गरेका छन् । उनले आफ्नो पक्षमा मजदुरहरु बहुमत रहेको र अझै नै आफूहरु नै आधिकारिक भएको दावी गरे । उनले श्रम कार्यालयले स्थायी मजदुरको नाम काटेर पठाएको आरोप लगाए ।