मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शिक्षा परिषद्को निर्देशनबाट हच्किए कलेजहरु

शिक्षा परिषद्को निर्देशनबाट हच्किए कलेजहरु


चितवन । फाराम शुल्क र भर्ना शुल्कबापत् प्रतिविद्यार्थी ३ सय लिँदै आएका हिसानअन्तर्गतका चितवनका निजी कलेजहरुले आज बिहीबारबाट लागू हुने गरी १२५ रूपैयाँमात्र लिने निर्णय गरेका छन् । 
निर्णय भएसँगै विद्यार्थीबाट अनावश्यक रुपमा लिइएको १७५ रूपैयाँ फिर्ता गरिने भएको छ । हिसान चितवनका अध्यक्ष भुपेन्द्र धितालले उमावि शिक्षा परिषद्ले १२५ भन्दा बढी रकम लिन नपाउने भनेपछि सोहीअनुसार शुल्क लिन सबै कलेजहरुलाई पत्राचार गरिएको बताए । हिसानअन्तर्गत चितवनमा १४ कलेज छन् । 
हिसानअन्तर्गत रहेका र त्यसबाहेकका अन्य प्लस टु कलेजहरुले पनि तोकिएकोभन्दा बढी रकम लिइरहेकामा निर्णय कार्यान्वयन हुने÷नहुने भन्ने विषय अझै दुविधामा छ । तोकिएकोभन्दा बढी शुल्क लिएको पाइएमा परिषद्ले कारबाही गर्ने चेतावनी दिएको छ । 
गत असार ६ गतेबाट फाराम वितरण थालेका निजी कलेजहरुले हिजो बुधबारसम्म २ हजार फारम संकलन गरिसकेको उनले जनाए । २ हजार विद्यार्थीबाट उनीहरुले प्रतिविद्यार्थी ३ सयका दरले फारम र भर्ना शुल्क लिँदै आएका थिए । 
३ सय लिइएको विद्यार्थीको रकम प्रवेश परीक्षा हुने दिन फिर्ता गरिने अध्यक्ष धितालले जनाए । प्रतिविद्यार्थी १७५ फिर्ता हुँँदा अब उक्त निजी विद्यालयले ३ लाख ७५ हजार फिर्ता गर्नुपर्ने देखिएको छ । 
त्यस्तै, हिसानबाहेकका केही निजी उच्च माविले पनि उमावि शिक्षा परिषद्ले तोकेकोभन्दा बढी शुल्क उठाइरहेका छन् । शिक्षा परिषद्ले कुल १२५ भन्दा बढी शुल्क लिन नपाउने भनेकोमा यहाँस्थित निजी कलेजहरुले ३ सय शुल्क लिइरहेका थिए । 
अध्यक्ष धितालले भने, ‘तोकिएकोभन्दा बढी रकम लिइएको पाइएमा कारबाही गरिन छ । 
उच्च माविहरुले कक्षा ११ मा भर्ना हुनका लागि फाराम शुल्कबापत् २५ रूपैयाँमात्रै लिन पाउने भनिएको थियो । उमावि शिक्षा परिषद्ले प्रवेश परीक्षा शुल्क भने एक सय तोकेको थियो ।
उमावि शिक्षा परिषद्ले तोकेकोभन्दा बढी रकम चितवनका उमाविहरुले असुलिरहेको सम्बन्धमा गुनासो भएको छ । 
चितवनमा हिसानअन्तर्गत रहेका सबै कलेजले ३ सय लिने सहमतिअनुसार फाराम शुल्क भनी ३ सय लिइएको नारायणी पब्लिक कलेज भरतपुरका एक कर्मचारीले बताए । 
त्यस्तै परिषद्ले एसएलसी नतिजा भएको १५ दिनअगाडि भर्ना नलिन पनि सबैमा सूचना गरेको छ । अध्यक्ष धितालले निजी विद्यालयहरुले भर्ना सम्बन्धमा भड्किलो विज्ञापन गरिरहेको भन्दै कलेजहरुलाई सचेत गराइएको बताए ।