मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

मर्‍यो चिडियाखानाको सबैभन्दा बुढो सदस्य

मर्‍यो चिडियाखानाको सबैभन्दा बुढो सदस्य


१ सय ५० वर्षभन्दा बढि उमेरको एक संकटापन्न प्रजातिको भिमकाय ग्यालापागोस कछुवा मरेको छ । लामो समयदेखि बिरामी रहेको उक्त कछुवा अमेरिकाको क्यालिफोर्नियास्थित सानडिएगो चिडियाखानामा मरेको हो ।
 
बुढेशकालका कारण पछिल्लो केही समयदेखि कमजोर तथा असक्त बन्दै गएको स्पीड नामक उक्त कछुवालाई बाथ लगायतका विभिन्न रोगहरु देखिएका थिए । पशुरोग विशेषज्ञहरुले अकुपन्चर, फिजिकल थेरापी, हाइड्रोथेरापी तथा विभिन्न खाले औषधिको प्रयोग गरेर उसको उपचार गर्दै आएका थिए ।
 
इक्वेडरको ग्यालापागोस आइल्याण्ड अन्तरगतको भोल्कान सेरो अजुल टापुबाट सन् १९३३ मा यो संकटापन्न प्रजातिको कछुवा सान डिएगो चिडियाखानामा ल्याएको थियो ।
 
यो स्पीड कछुवा आफ्नो तन्नेरी उमेरमा अल्फा भाले अर्थात् भालेहरुको राजाको रुपमा थियो । सान डिएगो चिडियाखानामा अझै १३ वटा जिवित कछुवा रहेका छन् ।
 
चिडियाखानामा रहेका पोथी कछुवाहरुलाई यो कछुवाले गर्भाधारण गराएर धेरै बच्चा समेत जन्मिएका थिए । स्पीडका सन्तानहरु अहिले अमेरिकाका विभिन्न चिडियाखानामा रहेका छन् ।