मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको एसओएसमा हर्मन माइनरको सम्झना

चितवनको एसओएसमा हर्मन माइनरको सम्झना


चितवन । २९ औँ अन्तर्राष्ट्रिय एसओएस दिवसको उपलक्ष्यमा बिहीबार एसओएस हर्मन माइनर विद्यालय गौरीगञ्जमा आयोजित विशेष कार्यक्रम संस्थाका संस्थापक प्राध्यापक हर्मन माइनरको सम्झना गरी मनाइएको छ । 
संविधानसभाका सदस्य एवम् चितवन क्षेत्र नं ५ का सभासद् विक्रम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुका नृत्य तथा गीतहरु प्रस्तुत गरिएका थिए । 
प्रमुख अतिथि सभासद् पाण्डेले एसओएस बालग्राममा आश्रय लिई आफ्नो अध्ययन पुरा गरी जागिरका लागि योग्य जनशक्तिलाई आपूmले त्यस्तो अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वका अनाथ र अभिभावकत्व गुमाएका बालबालिकाको हितमा एसओएस बालग्रामले पु¥याएको सहयोगको सराहनासमेत गरे । 
कार्यक्रममा एसओएस बालग्रामका योजना निर्देशक भोलानाथ पौडेलले हर्मन माइनरको योगदानको स्मरण गर्दै उनकै कारण एसओएसका माध्यमले आज विश्वभरि लाखौँ अनाथ बालबालिकाले आश्रय पाएको बताए । कार्यक्रममा एसओएस बालग्रामका बारेमा विशेष परिचयात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी एवम् वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्राचार्य सुरेन्द्र अमगाईले उपस्थित सबैलाई स्वागत गर्दै एसओएसका सबै शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे । 
युरोपको सानो मुलुक अष्ट्रियामा प्राध्यापक हर्मन माइनरले आफ्ना साथीभाइको सहयोगमा आपूmसँग भएको सानो रकममा विश्वयुद्धबाट प्रभावित बालबालिकालाई आश्रय दिने सानो आश्रयकेन्द्रको निर्माण गरेका थिए, जुन आज विश्वका १३२ भन्दा बढी मुलुकमा एसओएस बालग्रामका रूपमा विस्तारित भएको छ । प्राध्यापक हर्मन माइनरको निधनपछि विश्वभरि यसरी एसओएस दिवस मनाउने गरिएको हो ।