मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

स्वदेश फर्केलगत्तै सरोज खनाल मिथिला शर्मासँग भेटिए (भिडियो सहित)

स्वदेश फर्केलगत्तै सरोज खनाल मिथिला शर्मासँग भेटिए (भिडियो सहित)


काठमाडौं । चलचित्र ‘दिदी’मा दिदीको भुमिकामा थिईन् मिथिला शर्मा र भाईको भुमिकामा थिए सरोज खनाल ।
चलचित्रमा दिदीभाई विच लामो समयसम्म भेट हुन नसकेको प्रसंग पनि थियो । उक्त दृष्यको सुटिङ गर्दै गर्दा मिथिलाले कहिल्यै सोचेकी थिईनन् सिनेमामा भाई बनेका सरोजसँग भेट हुन दुई दशक कुर्नु पर्ला । तर, भयो त्यस्तै ।
 
क्यान्सरसँग सम्बन्धित गीतको सुटिङमा दिदी भाई बनेर प्रस्तुत भएका सरोज र मिथीला दुबैले हिसाब गरे- रिल लाईफमा दिदी भाई बनेको कति भयो भन्दै ।
 
‘ठ्याक्कै २२ वर्ष पूरा भएछ मिथिला शर्माले अनलाइनखबरसँग भनिन् । सरोज खनाललाई रियलमा पनि भाईजस्तै मान्ने मिथिलाले लामो समयपछि सँगै काम गर्न पाउँदा माईतीवाट न्यास्रीएकी चेलीले माईतीलाई भेटेजस्तै भएको बताईन् । त्यसो त सरोजले पनि दिदी नै भेटेको अनुभव गरे ।
 
सरोज अमेरिका गएपछि मिथिला र सरोजले एउटै फ्रेममा काम गर्न पाएका थिएनन् । तर, सरोज नेपाल आएको बेला मिथिलासँग सम्पर्क चाँही गर्थे । ‘सामान्य भेटघाट भए पनि यसरी काम गर्न पाएका थिएनौं ।’ उनले भनिन् ।
‘म मर्न हैन, गर्न आएको’ भन्ने सरोज खनाललाई नेपाल आएको साता नबित्दै विभिन्न म्युजिक भिडियो, विज्ञापन र फिल्मवाट प्रस्ताव आउन सुरु गरेको छ ।
 
अनलाइनखबरबाट साभार