मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

रेखा थापाद्वारा अवार्ड बहिष्कारको घोषणा

रेखा थापाद्वारा अवार्ड बहिष्कारको घोषणा


अभिनेत्री रेखा थापाले आफूले निर्माण गर्ने फिल्महरुलाई कुनै पनि अवार्डमा सहभागी नगराउने घोषणा गरेकी छन्। उनले आफ्नो व्यक्तिगत तथा आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै उक्त घोषणा गरेकी हुन्। हाल अमेरिकामा रहेकी रेखाले अवार्ड कार्यक्रमले कलाकारहरुलाई मनोबल बढाउनु पर्नेमा नेपालली अवार्ड कार्यक्रमहरुमा नातावाद तथा सोर्सफोर्स हाबी भएको आरोप लगाएकी छन्।
 
उनले आफ्नो स्टाटसमा लेखेकी छन्, ' सिनेमा जगतमा धेरै नै अवार्ड कार्यक्रमहरु हुँदै आइरहेका छन् र यस्तो प्रकारका कार्यक्रमहरुले कलाकारहरुलाई ठुलै मनोबल पनि प्रदान गर्छ। तर नेपालमा भने चिनजान ,आफन्त र सोर्सफोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुँदा तेस्तो प्रकारको अवार्डको कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाई प्रतिस्पर्धाको निम्ति प्रदान नगर्ने कुराको सार्वजनिक जानकारी गराउन चाहन्छु।'
 
त्यसैगरी रेखाले नेपालमा हुने गरेका यस्ता अवार्डहरुलाई कोठे अवार्डको संज्ञा दिदैं अवार्ड वितरक संस्थाहरुलाई कामको आधारमा अवार्ड वितरण गर्न अनुरोध गरेकी छन्।
 
'वर्षका सर्वाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तवरले अवार्ड वितरण गरिनुले सच्चा कलाकार, निर्माता , निर्देशक तथा प्राविधिकको अपमान गरेको हुन्छ तेसैले म नायिका तथा निर्माता रेखा थापा तथा रेखा फिल्म्स् यस्ता प्रकारका कुनै पनि कोठे अवार्डहरु को वहिस्कार गर्दै अवार्ड वितरक संस्थाहरु लाई काम को आधारमा अवार्ड वितरण गर्नुहुन समेत अनुरोध गर्दछु।'