मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

इन्दिरा गान्धी बन्ने कुरामा विद्या अन्योलमा !

इन्दिरा गान्धी बन्ने कुरामा विद्या अन्योलमा !


बलिउडमा पछिल्लो समय ‘बायोपिक’ फिल्मको लहर चलेको छ । लगातार फिल्म फ्लप भइरहे पनि अभिनेत्री विद्या बालनलाई भारतीय पूर्व–प्रधानमन्त्री इन्दिरा गान्धीको बायोपिक फिल्ममा इन्दिरा गान्धीको भुमिकामा अभिनय गर्न  प्रस्ताव आएको छ ।
 
ऐतिहासिक व्यक्तिको भूमिकामा अभिनयको प्रस्ताव गरिनु आफैमा एउटा अवसर हो। तर, उनले सो भुमिकाकालाई लिएर आफूमा दुविधा रहेको बताएकी छन् उनले भनिन,‘इन्दिरा गान्धी जस्तो उच्च राजनीतिक छवि भएको व्यक्तिमाथि जुन तरिकाले फिल्म बन्नुपर्छ के त्यो तरिकाले फिल्म बन्छ ?’
 
विद्याका अनुसार गान्धीको भुमिकाका लागि काम गर्दा धेरै सिमामा बसेर काम गर्नुपर्ने भएकाले आफू फिल्म फिल्म खेल्ने कि नखेल्ने भन्ने अन्योलमा रहेको खुलासा गरिन् । ‘म यो भुमिका गर्छु या गर्दिन थाहा छैन ।’
 
पछिल्लो समय रिलिज भएको ‘हमारी अधुरी कहानी’ को दर्शकबाट पाएको केही सकारात्मक प्रतिक्रियाबाट खुसीको सास फेर्न सकेको बताउने विद्याले बायोपिक फिल्मका लागि पाएको प्रस्ताव लत्याएको यो पहिलो उदाहरण भने होइन । उनले चर्चित बंगाली अभिनेत्री सुचित्रा सेनको जीवनीमाथि बन्ने फिल्मका लागि आएको प्रस्ताव पनि लत्याइसकेकी छन्।
 
उनका अनुसार सुचित्रा सेनको जीवनीमाथि बन्ने फिल्म बंगालीमा हुनेछ । विद्याका अनुसार सुचित्राको भुमिका जो कोहीलाई गर्न गाह्रो छ । एजेन्सी