मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

म्युजिक भिडियोमा पत्रकार नै मोडल बनेपछि

म्युजिक भिडियोमा पत्रकार नै मोडल बनेपछि


चितवन । चितवनमा घामपानीको कुनै पर्वाह नगरी भारी झोलामा क्यामेरा बोकेर लखरलखर भौंतारिने रवि अधिकारी मोडल बनेका छन् । गीत छायाङ्कनका लागि मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र दामनमा छन् । चितवनको चर्को गर्मी छल्न दिइरहेका छन्, निर्देशक शोभित बस्नेत र टंक अधिकारीले । 
 
चलचित्र पत्रकार संघ चितवनका अध्यक्षसमेत रहेका रविको शष्दमा रहेको ‘मेरो भागको खुसी नि तिमीलाई मिलोस्’ गीतको छायाङ्कनका लागि उनी दामन पुगेका हुन् । उनको जोडी बनेकी छन् सुन्दर मोडल सुजाना ढकालले ।
 
उनको गीत दामनमा मात्र नभई टिस्टुङ, पालुङ र काठमाडौँमा समेत सुटिङ भएसकेको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको गीतमा रवि र सुजानाका साथै विक्रम क“डेल पनि छन् । म्युजिक भिडियोलाई फिल्म निर्देशक शोभित बस्नेतको निदैृशन गरेका छन् । छायाङ्कन कृष्ण श्रेष्ठले गरिरहेका छन् । 
 
‘सधैं अरुको अभिनय हेर्ने र समाचार लेख्ने मान्छे अहिले आफै अभिनयमा होमिएको छु’ रविले भने, ‘नौलो अनुभव भैरहेको । अबका दिनमा कलाकारितामा नै केही गरौंजस्तो लागेको छ । 
यसअघि पनि उनी एक म्युजिक भिडियो र फिल्ममा समेत काम गरिसकेका छन् । उनी अभिनित फिल्म नागरिक प्रदर्शन हुनै बाँकी छ । दर्शकले आफ्नो अभिनय मन पराउने उनले विश्वास लिएका छन् ।