मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन र नवलपरासीमा एसएलसीको नतिजा सुधारोन्मुख

चितवन र नवलपरासीमा एसएलसीको नतिजा सुधारोन्मुख


चितवन । २०७१ चैत्र महिनामा भएको एसएलसी परीक्षामा चितवनको नतिजा सुधारोन्मुख देखिएको छ । ३ वर्षअघि जम्मा ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष उत्तीर्ण प्रतिशत ६९.७५ रहेको जिल्ला शिक्षा कार्यालय भरतपुरले जनाएको छ । 
 
२०६९ सालमा ५७ प्रतिशत र २०७० सालमा ६४ प्रतिशत विद्यार्थी चितवनमा पास भएका थिए । यस वर्ष उत्तीर्ण हुनेहरुको संख्या ५ प्रतिशतले वृद्धि भई ६९.७५ पुगेको हो । नियमिततर्फ १० हजार २० जना विद्यार्थी सहभागी थिए । जसमा ६ हजार ९ सय ८९ जना पास भएको शिक्षा कार्यालयले जनाएको छ । विशिष्ट श्रेणीमा उत्तीर्ण हुने संख्या ८४७ रहेको छ भने ३ हजार ६ सय ४१ जना पहिलो श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तै दोस्रो श्रेणीमा २ हजार ४ सय २७ जना र तेस्रो श्रेणीमा ४७ जना पास भएका छन् । 
 
पूरकतर्फ भने जम्मा २ सय ४५ जना पास भएका छन् । कूल १ हजार ६ सय ७ जना विद्यार्थी सहभागी भएकोमा जम्मा २ सय ४५ जना पास भएका हुन् । एसएलसीमा निजी र सामुदायिक गरी कुल २ सय ५ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
 
नवलपरासीमा ५३.५ प्रतिशत उत्तीर्ण
यस वर्षको एसएलसी परीक्षामा नवलपरासीबाट ५३ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नवलपरासीमा प्राविधिकबाहेक ९ हजार ९ सय ३५ जना नियमिततर्फ सहभागी थिए । तीमध्ये ५ हजार ३ सय १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 
 
जिल्ला शिक्षा कार्यालयका परीक्षा फाँटका प्रमुख एवम् सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालका अनुसार उत्तीर्ण विद्यार्थीहरुमध्ये विशिष्ट श्रेणीमा ४ सय १०, प्रथम श्रेणीमा २ हजार ६ सय ८६, द्वितीय  श्रेणीमा २ हजार १ सय ५८ र तृतीय श्रेणीमा ६२ जना उतीर्ण भएका छन् ।
 
उत्तीर्ण संख्या गत वर्षभन्दा शून्य दशमलव ३ प्रतिशतले बढी हो । यस वर्ष नवलपरासीमा नियमिततर्फ १० हजार ४७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा प्राविधिकतर्फ १ सय १२ जना थिए । त्यसैगरी एक्जाम्टेडतर्फ प्रथम श्रेणीमा ४ जना, द्वितीय श्रेणीमा २६४ जना र तृतीय श्रेणीमा ७० जना गरी ३३८ जना उत्तीर्ण भएका छन् ।
यस वर्ष एक्जाम्टेडतर्फ १ हजार ९८५ जना परीक्षामा सहभागी भएका थिए । गत वर्ष नवलपरासीमा ५३ दशमलव २ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।