मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एसएलसी परीक्षाको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

एसएलसी परीक्षाको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण


 काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वि.सं. २०७१ को प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा आज दिउँसो सार्वजनिक गरेको छ । नतिजाअनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताउनुभयो । नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००,५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस र नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सकिने छ ।

एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ । त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।

यसैबीच, यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताउनुभयो

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।