मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

स्पाइनल इन्जुरी केन्द्रबाट दश हजार बढीले सेवा लिए

स्पाइनल इन्जुरी केन्द्रबाट दश हजार बढीले सेवा लिए


चितवन । चितवन स्पाइनल इन्जुरी केन्द्र भरतपुर अस्पतालबाट १० हजार बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षमा मात्रै बहिरंग विभागमा ४ हजार ४ सय १९, अन्तरंग विभागमा १ सय ८७ जनाले मेरुदण्ड चोट लागेका बिरामीले सेवा लिएका छन् । केन्द्र भर्ना गरी उपचार गर्नेको संख्या ४ सय नाघेको छ ।०६९ साल असार १ गते स्थापना भएको केन्द्र ५, ९ शैया हुँदै हाल १२ शैयामा बिस्तार भएको छ ।
 
केन्द्रको तेस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै सरोकारवालाहरुले स्पाइनल इन्जुरी केन्द्रको स्तारोन्नति गर्न पहल गरिने बताएका छन् । केन्द्रमा हाल ९ जनाले उपचार गराइरहेको केन्द्रका इन्चार्ज डा सुदिप पौडेलले बताए ।केन्द्रले फिजियोथेरापी, अकुपेशशनल थेरापी, भर्ना गराई उपचारको सेवा, ह्वील चियर वितरण गरी पुर्नस्थापनालगायतका सेवा दिँदै आइरहेको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले नयाँ बन्ने सि व्लकमा स्पाइनल इन्जुरीका लागि विशेष वार्डको व्यवस्था गरी स्तरोन्नति गर्ने बताए ।
 
रोटरी क्लब चितवनका अध्यक्ष टिकाराम कँडेलले अस्पतालले भवन बनाइदिए अन्य सहयोग गर्न रोटरी क्लबहरु तयार रहेको बताए । डाक्टर कृष्णप्रसाद पौडेलले स्पाइनल इन्जुरी केन्द्रमा २२ जिल्लाका बिरामीहरुले सेवा लिने गरेको भए पनि शैया अभाव कायमै रहेको जानकारी दिए । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट माणकलाल मानन्धरले केन्द्र सञ्चालनका लागि सहयोगी हातहरु चाहिएको बताए ।
 
यद्यपि अस्पताल विकास समितिले मासिक रुपमा दिँदै आएको ५० हजार रुपैयाँ मेसुहरु परिवर्तन भइरहँदा विगत २६ महिनादेखि सहयोग पाउन सकेको छैन ।