मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सडकपेटीबाट ७० वर्षीय वृद्धको उद्धार

सडकपेटीबाट ७० वर्षीय वृद्धको उद्धार


हेटौँडा । मानवसेवा आश्रम आफ्नो नाम, ठेगाना बताउन नचाहने अन्दाजी ७० वर्षीय वृद्धलाई आश्रय दिएको छ । इलाका प्रहरी कार्यालय, पशुपतिनगर हेटौँडाले मानसिक र शारीरिक अवस्था कमजोर भएका वृद्धाको उद्धार गरी मानवसेवा आश्रमलाई जिम्मा लगाएको हो ।  आफ्नो र परिवारको बारेमा बताउन नचाहने वृद्धको चुरे हिल अस्पताल हेटौँडामा उपचार गराइएको अभियन्ता अंशु कार्कीले बताइन् । 
 
मानवसेवा आश्रम विभिन्न कारणहरूबाट सडकमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् मानसिक सन्तुलनसमेत गुमाएका व्यक्तिहरूको सेवामा विगत ३३ महिनादेखि जुट्दै आएको छ । 
 
अभियन्ता कार्कीले ३३ महिनाको सेवा अवधिभित्र ६० जनाको परिवार पत्ता लगाई पारिवारिक पुनर्मिलन गराएको बताइन् । यस्तै १० जनाको आश्रममै मृत्यु भएको उनले जानकारी दिइन् । मकवानपुर हेटौँडा–२९ स्थित नेवारपानी र हेटौँडा–९ लामसुरेधापमा दुई उपसेवा केन्द्र विस्तार गरी सेवा सञ्चालन गरिरहेको छ । मकवापुर हेटौँडाबाट सुरू गरिएको मानवसेवा आश्रमको सेवा चितवन जिल्लामा पनि सुरू भएको छ ।