मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जापानले मध्यरातमा नृत्यमाथिको प्रतिबन्ध हटायो

जापानले मध्यरातमा नृत्यमाथिको प्रतिबन्ध हटायो


टोकियो । निकै अँध्यारो नभएसम्म टोकियोमा मध्यरातपछि पनि नाच्नु अब गैरकानुनी नहुने भएको छ । विश्वमा क्लब संस्कृति भएका मुलुकमध्ये एक जापानको संसदले बुधबार मध्यरातपछि नाच्न हालसम्म लगाइएको प्रतिबन्ध हटाउन मतदान गरेको छ । 
 
अघिल्लो कानुनमा हालसम्म जापानभरका नृत्य क्लबहरूले रातको १२ बजेपछि आफ्नो व्यापार बन्द गर्नुपर्ने व्यवस्था गरिएको थियो । 
 
उक्त कानुनी व्यवस्था अमेरिकाले जापानलाई नियन्त्रणमा लिएपछि सन् १९४८ मा लागु गरिएको हो । त्यस समयमा सामाजिक रूपमा उदार प्रवृत्ति राख्ने अमेरिकीहरूले जापानी युवाको आचरण बिगारेको भनी चिन्ता व्यक्त गरिँदा उक्त कानुन कार्यान्वयनमा आएको हो । 
 
दोस्रो विश्वयुद्ध पछि जापानमा गरिबी बढिरहेको थियो र त्यस समयमा यौनकर्मी नियन्त्रण गर्न पनि उक्त कानुन ल्याइएको थियो । 
 
मनोरञ्जन व्यवसाय नियन्त्रण र सुधार नामक कानुनी व्यवस्थाले जोडी मिलेर नाच्ने बलरुम नाचमाथि र त्यसका कक्षामा पनि प्रभाव पारेको थियो । 
 
जापानी अर्थतन्त्र सन् १९६०, ७० र ८० का दशकमा निकै अगाडि बढ्दा यस कानुनलाई केही खुला बनाइएको थियो र क्लबहरू ठूला नगरमा खुल्न थालेका थिए । 
 
दशकौँसम्म यस्ता रात्रि नृत्यक्लबहरूमाथि ध्यान नदिएपछि सन् २०१० मा ओसाका क्लब झगडा हुँदा २२ वर्षीया एक विद्यार्थीको मृत्यु भएपछि प्रहरीले तिनीहरूमाथि कारवाही गर्न थालेको छ । 
 
उक्त समयमा प्रहरीले आवश्यकताभन्दा बढी भोगी वातावरण नियन्त्रण गर्न पनि यस प्रकारको पाइला लिइएको बताएको थियो । 
 
प्रहरीले नगरका प्रमुख नृत्यस्थलले अनुमतिपत्रमा राखिएको सर्त उल्लङ्घन गरेको आरोपमा त्यस्ता स्थान बन्द गरिदिएको थियो र यसबाट ओसाकामा विस्तार भइरहेको नृत्यको परिदृष्यमा रोक लागेको थियो । 
 
नृत्य तथा सङ्गीतका प्रमुख व्यक्तिहरूले सरकारले जापानको बढ्दो नृत्य संस्कृतिलाई प्रबर्धन गर्नुपर्छ भनी मध्यरातमा नृत्यमाथि लगाइएको प्रतिबन्धको कडा आलोचना गरेका थिए । 
 
पूर्णरात नृत्यका लागि वकालत गर्नेहरूले प्रहरीको कार्य सामयिक नभएको र पाखण्डपूर्ण भएको आरोप लगाएका थिए । सरकारले माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि २०१२ मा हिपप नृत्य नियमित विषयको रूपमा राखेको छ । 
 
नयाँ कानुन आउँदो वर्ष जुनदेखि लागु हुनेछ । पर्याप्त मात्रामा प्रकाशको व्यवस्था भए मध्यरातपछि पनि नृत्य गर्न अनुमति दिइने व्यवस्था यस कानुनले गरेको छ । 
क्लबहरूमा प्रकाशको व्यवस्थाका विषयमा प्रहरीले अनुगमन गर्ने जिजी प्रेसले उल्लेख गरेको छ । 
 
नयाँ कानुनले २४ घण्टा खुल्ने क्लबहरूले पनि मध्यरातपछि मदिरा बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । रासस/एएफपी