मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पका कारण ८२ जना बालबालिकाले बाबुआमा गुमाए

भूकम्पका कारण ८२ जना बालबालिकाले बाबुआमा गुमाए


ललितपुर । गत वैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पका कारण ८२ जना बालबालिकाले बाबुआमा गुमाउनु परेको छ । 
 
भूकम्प प्रभावित जिल्ला धादिङ, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, ललितपुर र भक्तपुरलगायत १४ जिल्लामा ८२ जनाले बाबुआमा दुवै गुमाएका छन, भने २८६ जनाले आमा मात्र गुमाएका र ४२७ जनाले बाबु गुमाएका छन् । 
 
केन्द्रीय बालकल्याण समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष डिल्लीराम गिरीले भूकम्प बालगृहको अवस्थाबारे अनुगमन भइरहेको बताउदै कानूनी प्रक्रिया पूरा गरेर मात्र नयाँ बालगृह खोल्न सबैसँग आग्रह गर्नुभयो । 
 
समितिका कार्यकारी निर्देशक तारक धितालले प्रभावित १४ जिल्लाको अनुगमनबारे जानकारी दिँदै टुहुरा बालबालिकालाई समितिको निर्देशनमा एसओएस बालग्राममा सुरक्षित राखिएको बताउनुभयो । 
 
समितिले भूकम्पपछि खुल्ला स्थानमा बस्ने सुत्केरी र गर्भवती महिलालाई विशेष प्राथमिकता दिनसमेत आग्रह गरेको छ । 
 
त्यसैगरी जेठ २० गतेसम्म दुई हजार २३ जना बालबालिकाको भूकम्पका कारण मृत्यु भएको छ ।
 
निर्देशक धितालले भूकम्पपछि धेरै बालबालिका अझै पनि सामूहिक रूपमा खुल्ला ठाउँमा त्रिपालमुनी बस्नुपर्ने बाध्यता भएको हुँदा बालबालिकामाथि हुनसक्ने यौनजन्य ंिहंसा र बेचबिखन रोक्नका लागि अभिभावकले आफ्ना बालबालिकालाई आफूसँगै साथमा राख्नु पर्नेमा जोड दिनु भयो । रासस