मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिद्धबाबामा पहिरो खसेर जिप पुरिँदा दुईको मृत्यु, दुईजना घाइते

सिद्धबाबामा पहिरो खसेर जिप पुरिँदा दुईको मृत्यु, दुईजना घाइते


बुटवल, आषाढ २ । सिद्धार्थ राजमार्गअन्तर्गत् बुटवल–पाल्पा सडकखन्डको सिद्धाबाबामा बुधबार दिउँसो गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
 
पाल्पाबाट बुटवलतर्फ आइरहेको लु१च २७० नम्बरको जिप दोभानस्थित सिद्धबाबा मन्दिर नजिक सुक्खा पहिरोसँगै आएको ढुंगाले च्यापिँदा जिपमा सवार दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा यसोदा कोचर र तरुणदीपसिंह कोचर रहेका छन् ।
 
पाल्पाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजतर्फ गैरहेका ४ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।
 
पहिरो गएपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखन्ड अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।