मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

हवाई कारबाहीमा अल कायदा नेता मारिए

हवाई कारबाहीमा अल कायदा नेता मारिए


दुबई: यमनमा जारी राखिएको हवाई आक्रमणमा अल कायदाका एक नेता माएिका छन् । यमनमा रहेको अल कायदा समूहले सो मृत्युको पुष्टि पनि गरेको बताइएको छ । 
 
अल कायदाका नेता नसिर अल वुहाएसीको अमेरिकाद्वारा जारी हवाई आक्रमणमा मृत्यु भएको जनााइएको छ । 
 
सो जानकारी अनलाइनमा राखिएको भिडियो विज्ञप्तिमा गराइएको छ । अमेरिकी मानवरहित विमानद्वारा गरिएको हवाई कारबाहीका क्रममा ती नेता मारिएको बताइएको छ । 
 
अरेबियन प्रायद्वीपका अल कायदाका नेता वुहएसी मारिएका र उनी लक्षित यस हवाई आक्रमणमा मुजाहिद्दिन समूहका अन्य दुई अल कायदा सदस्य मारिएका जनाइएको छ ।