मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

संजय दत्त डिसेम्बरमा थुना मुक्त हुँदै: संजय पत्नी

संजय दत्त डिसेम्बरमा थुना मुक्त हुँदै: संजय पत्नी


सन् १९९३ को मुम्बई बम बिस्फोटको घटनामा हतियार राखेको अभियोगमा हाल कैद सजाय भोगिरहेका बलिउड अभिनेता संजय दत्त यसै वर्षको डिसेम्बरमा रिहा हुने सम्भावना रहेको छ। 
 
यो कुरा संजय पत्नी मान्यता दत्त स्वयमले दिएकी हुन्। यस बारेमा बोल्दै मान्यताले भनिन, 'पछिल्लो सप्ताहन्त संजयलाइ भेट्न जाँदा उनी यसैवर्षको डिसेम्बरमा थुना मुक्त हुने कुरा थाहा पाएकी छु। मलाई विश्वास छ उनी सोही समयमा जेलबाट निस्कनेछन् र यसमा कुनै अवरोध आउने छैन्।'
 
संजय जेलबाट बाहिरिने बित्तिकै संजयका हातमा भ्याइनभ्याइ कामको लर्को छ। राजकुमार हिरानी उनीसँग फिल्म गर्न उनलाई नै कुरेर बसिरहेका छन्। 
 
निर्देशक उमेश शुक्ला पनि उनकै बाटो हेरिरहेका छन्। यस अघि उनले करन जोहरको शुद्धीम पनि काम गर्ने कुरा थियो तर 'शुद्धी'को सुटिङ् उनी जेल मुक्त हुनु अगावै सुरु हुने भएकाले त्यसमा संजयको अभिनय नरहने भएको छ।