मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्व क्याम्पस प्रमुखले गरे झुण्डिएर आत्महत्या

पूर्व क्याम्पस प्रमुखले गरे झुण्डिएर आत्महत्या


नवलपरासी । नवलपरासीको कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख शेषराज दाहालले सोमबारराति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । 
४८ बर्षीया दाहालले आफ्नै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
 
दाहालको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रको लगिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कुमारवर्ती क्याम्पसका पूर्व प्रमुख दाहालले गएराति १ बजे आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
 
डेढ वर्ष कुमारवर्ती बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख रहेका दाहाल हाल कुमारवर्तीमै नेपाली विषयको स्थायी उपप्राध्यापकको रुपमा कार्यरत थिए। दाहालको श्रीमती एक छोरा र छोरी रहेका छन् ।